Comments Add Comment

प्रदेश ६ को बैठकस्थल (फोटोफिचर)

यामलाल, महेन्द्र, जीवन र शोसीलाले सम्बोधन गर्ने

२१ माघ, सुर्खेत ।  आज दिउँसो १ बजेबाट सुरु हुने प्रदेश ६ को पहिलो अधिबेशन (प्रदेशसभा बैठक) को तयारी पूरा भएको छ ।

बैठकका लागि सभाहल लगायत सम्पूर्ण तयारी भएको प्रदेश संसद सचिवालयले जानकारी दिएको । सभा हलको अगाडि सांसदहरुलाई स्वागत गर्न ठूलो गेट बनाइएको छ । साथै अन्य सम्पूर्ण प्राविधिक तयारी पनि पूरा भएको सचिवालयले जनाएको छ ।

बैठकका लागि सिचाइँ डिभिजन कार्यालयको हललाई प्रयोग गरिएको छ ।

सभाहलका लागि सुरुमा छनौट गरिएको शैक्षिक तालिम केन्द्रमा प्रतिध्वनी -इको) समस्या भएपछि पहिलो बैठकका लागि सिचाइँ डिभिजनको भवनलाई प्रयोग गरिएको हो ।

संसदको स्थायी भवनका रुपमा भने शैक्षिक तालिम केन्द्रलाई नै प्रयोग गरिने छ ।

आज हुने पहिलो बैठक प्रदेशका जेष्ठ सदस्य हिमबहादुर शाहीले सञ्चालन गर्ने छन् । प्रदेश ६ मा ४० जना प्रदेश सांसद रहेका छन् ।

पहिलो बैठकमा एमालेका यामलाल कंडेल, माअोवादीका महेन्द्रबहादुरशाही, कांग्रेसका जीवनबहादुर शाही र राप्रपाका शोसीला शाहीले सम्बोधन गर्नेछन् ।

महेन्द्रबहादुर शाही । जीवनबहादुर शाही, शोसिला शाही, एमालेबाट, यामलाल कंडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment