Comments Add Comment

प्रदेश ६ मा सांसदको स्वीकारोक्तिः हाम्रै कारणले पछाडि पर्‍यौं

'अब प्रदेश ६ का जनताले गरीब हुनुपर्दैन'

२१ माघ, सुर्खेत । प्रदेश ६ का प्रदेश सांसदहरुले आफ्नैै कारण यो प्रदेश पछाडि परेको स्वीकार गर्दै भौगोलिक विकटता चुनौतीपूर्ण रहको बताएका छन् ।

आइतबार सुर्खेतमा आयोजित पहिलो प्रदेशसभा बैठकमा बोल्ने ४ दलका प्रदेश सांसदहरुले अब राज्यव्यवस्था पनि परिवर्तन भइसकेको भन्दै अब प्रदेशका स्रोत र साधनको प्रयोग गरेर प्रदेश समृद्धिको बाटोमा लाग्ने बताएका छन् ।

ठूलो भूगोल र स्रोत साधनको सम्भावनालाई अवसरका रुपमा लिँदै भौगोलिक विकटताको चुनौतीलाई छिचोल्न सबै एक हुनुपर्नेमा उनीहरुले जोड दिए ।

भोक, रोग र शोकमा रहेको सबैभन्दा गरीब प्रदेशको प्रतिनिधित्व गर्नु चुनौतिपूर्ण भए पनि अब समृद्ध प्रदेश बनाउनुपर्ने अभिभारा आफूहरुमा आएकाले गरीब प्रदेशको परिचय मेटाउनुपर्ने बताएका छन् ।

अब हामी गरीब हुनुपर्ने कारण छैनः महेन्द्रबहादुर शाही

यो जनताको आन्दोलनबाट प्राप्त प्रदेश हो । कान्छो प्रदेश हो । यो क्षेत्र अगाडि बढ्न नसक्नेको मुख्य दोषी राज्य व्यवस्था थियो । परिवर्तनविना हामी केही गर्न सक्दैनौं भन्यौं ।

व्यवस्था परिवर्तन भयो । यो हाम्रा लागि ठूलो उपलब्धी हो । अबको बाटो विकास र समृद्धिको हो । ६ नं. प्रदेश रोग, भोक र शोकबाट ग्रसित छ । अवश्य पनि पछाडि परेको छ ।

तर, अब हामी गरीब हुनुपर्ने र पछि पर्नुपर्ने कारण छैन । हामीसँग स्रोत साधन छ । तर पनि अरु सबै प्रदेशभन्दा हाम्रो जिम्मेवारी चुनौतीपूर्ण छ । सबैभन्दा विकट छ । मलाई विश्वास छ । प्रदेशको समृद्धिका लागि सबै एक भएर अगाडि बढौं । अरुलाई गाली गरेर यो प्रदेश बनाउन सकिँदैन । हामी हाम्रै कारणले पछि परेका हौं । अब सबै मिलेर प्रदेशको समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता छ ।

बर्दिया र बाँके पनि प्रदेश ६ मै आउनुपर्थ्यो-यामलाल कँडेल

यो प्रदेश जनताको आन्दोलनबाट प्राप्त प्रदेश हो । जनताको र हाम्रो चाहना थियो । बाँके र बर्दिया नछुटेको भए हुन्थ्यो । तर, हामीले जे प्राप्त गरेका छौं अब त्यसलाई सुन्दर र सबल प्रदेश बनाउने अभिभारा सुम्पेका छन् ।

अहिलेसम्म प्रदेशको अवस्था हेर्दा निराराजनक । सामान्य सिटामोल खान नपाएर जीवन बिताउनु पर्ने अवस्था छ । यो अवस्थामा हामीले जिम्मा पाएका छौं । तर, हामीले प्राप्त गरेको प्रदेशमा अरुको भन्दा सम्भावना कम छैनन् ।

समृद्धिका लागि पक्ष र प्रतिपक्ष हुनेछैनौं- जीवनबहादुर शाही

यो प्रदेश सबैभन्दा कान्छो हो । यो प्रदेश आज पनि सबैभन्दा पछाडि छ । सबैभन्दा गरीब छ । यस्ता रिपोर्ट आइरहेको छ । हामी किन गरीब भयौं ? अहिले पनि हाम्रो प्रदेशलाई हेयको दृष्ट्रिले हेरिएको छ । यसको खोजी गर्ने र समृद्ध प्रदेश बनाउने जिम्मा हाम्रो हो । हामीले नै अब प्रदेशको जिम्मा लिनु पर्छ । हुन त हामी प्रतिपक्षमा रहन्छौं । प्रतिपक्षमा रहेतापनि प्रदेशको समृद्धि र विकासका लागि पक्षविपक्ष हुनेछैनौं । यहाँको जल,जमिन, जडिबुटी लगायतका स्रोतसाधनको प्रयोग गरेर प्रदेशलाई समृद्ध बनाउन सकिन्छ । अब भाषणमा होइन काम गर्नुपर्छ ।

यो पृथ्वीनारायण शाहले बनाएको देश होः शोसीला शाही

यो पृथ्वीनारायण साहले निर्माण गरेको देश अहिले यहाँसम्म आएको छ । यो प्रदेशबाट मलाई पनि प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको छ, म धन्यवाद दिन चाहन्छु । अब प्रदेश निर्माणका लागि हामी इमान्दारी पूर्वकरुपमा लाग्नुपर्छ ।

यो पनि पढ्नुस् 

प्रदेश ६ मा माघ २९ गते सभामुखको चुनाव हुने

प्रदेश ६ को सभाहलमा पत्रकारहरु प्रवेश गर्न नपाउने

प्रदेश ६ को बैठकस्थल (फोटोफिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment