Comments Add Comment

‘बलात्कारी’लाई छुटाउन जनप्रतिनिधिकै रोहबरमा मिलापत्र

२१ माघ, इटहरी । इटहरीको बालिका बलात्कार प्रकरणमा ‘मिलापत्र’ गराएर विवादमा आएका इलाका प्रहरी कार्यालय, इटहरीका इन्स्पेक्टर चिरञ्जीवी दाहाल प्रदेश प्रहरी कार्यालय विराटनगर तानिएका छन् । प्रदेश एकका एआईजी पशुपति उपाध्यायका अनुसार इन्स्पेक्टर दाहाललाई आइतबार रानी तानिएको हो ।

अंग्रेजी नयाँ बर्ष मनाउन इटहरीको रोयल रिसोर्ट पुगेकी बालिका बलात्कृत भएकी थिइन् ।

तर, प्रहरीकै मिलेमतोमा मिलापत्र गरेको पाइएको छ । पीडित परिवार क्रिष्टियान धर्मावलम्बी भएकाले ‘प्रभुले क्षमादान गर्नु भन्नुहुन्छ‘ भन्दै मिलापत्र गराएको पाइएको छ ।

जनप्रतिनिधिकै रोहबरमा ‘मिलापत्र’

प्रहरी मात्रै हैन, मिलापत्र गराउन जनप्रतिनिधिले समेत भूमिका खेलेको पाइएको छ । इटहरी उपमहानगरपालिका वडा नं. २० तरहराका वडाध्यक्ष मणिराम श्रेष्ठकै रोहबरमा मिलापत्र गरेर पीडित बालिका अभिभावकको जिम्मा लगाइएको थियो ।

वडाध्यक्ष श्रेष्ठले पनि मिलापत्र गर्न सहयोग गरेको स्विकार गरे । ‘मिलापत्र गर्न वडाध्यक्ष अनिवार्य चाहिन्छ भनेपछि मैले हस्ताक्षर गरेको हुँ’, वडाध्यक्ष श्रेष्ठले भने, ‘तर, त्यतिबेला बलात्कार भएको भन्ने मैले कतै पनि सुनिन ।’

पुस १६ गतेको घटना भएपनि प्रहरी र जनप्रतिनिधिहरुको साथमा मिलापत्र गरेपछि लुकाइएको थियो । तर, पीडितका आफन्तको सूचनाका आधारमा प्रहरीको माथिल्लो निकायले आफ्नै सक्रियतामा १२ माघमा जिल्ला अदालत सुनसरीमा मुद्दा हालेको छ ।

शनिबार आरोपित मध्येका एक जुकल लिम्बु पक्राउ परेका छन् भने अर्का आरोपी फरार छन् । १४ बर्षीया बालिकाले जुकलसँगै मनिष श्रेष्ठसविरुद्ध किटानी जाहेरी दिएकी छन् ।

प्रहरीकै मिलेमतोबारे अध्ययन गर्न एसएसपी हरिबहादुर पालको नेतृत्वमा छानबिन समिति पनि बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment