Comments Add Comment

यसरी छनोट गरियो पाटनकी जीवित देवी, हेर्नुस् ७ तस्वीर

५ वर्षकी निहिरा नयाँ कुमारीमा छनोट

२२ माघ, ललितपुर । पाँच वर्षकी निहिरा बज्राचार्य पाटनको नयाँ कुमारीमा चयन भएकी छन् ।

सोमबार रत्नकर महावीहार, पाटनमा प्रतिस्पर्धाबाटै नयाँ कुमारी चयन गरिएको हो । प्रतिस्पर्धामा बज्राचार्य परिवारका पाँच बालिका सहभागी थिए ।

कुमारी छनोट गर्दा आँखा, दाँत मिले नमिलेको, अनुहारमा कुनै खत भए नभएको हेरिन्छ । यस्तै बालिका कति धैर्यवान छिन् भन्ने पनि हेर्ने गरिन्छ ।

नयाँ कुमारी छनोट भएकी पाँच वर्षकी निहिरा पाटन गाबहालका निरजरत्न र मोहिनी बज्राचार्यकी छोरी हुन् र होराइजन स्कुलमा अध्ययनरत छिन् ।

उनले १० वर्षकी युनिका बज्राचार्यको स्थान लिनेछिन् । विधिपूर्वक पूजाअर्चना गरेपछि फागुन ५ गतेबाट उनी कुमारीको आसनमा बस्नेछिन् ।

नेवार समुदायले कुमारीलाई जीवित देवीका रुपमा पुज्छन् ।

हेर्नुस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment