+
+
Shares

‘डमरुको डण्डीबियो’को फस्टलुकमा यस्ता खगेन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २३ गते ११:११


चलचित्र ‘पशुपति प्रसाद’बाट चुलिएको क्रेजलाई बचाउन कलाकार खगेन्द्र लामिछानेलाई त्यति सजिलो छैन । चलचित्र ‘धनपति’बाट उनले त्यो क्रेजलाई उकास्न सकेनन् । अब, उनी दर्शकमाझ नयाँ चलचित्र ‘डमरुको डण्डीबियो’ लिएर आउँदैछन् ।

यो चलचित्रको फस्टलुक रिलिज भएको छ । जसमा, उनी डण्डीबियो खेलिरहेका छन् । नेपालबाट लोप हुँदै गएको यो खेललाई फेरि दर्शकमाझ लिएर आउन यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

चलचित्रमा खगेन्द्रका साथमा मेनुका प्रधान, अनुप बराल, वुद्दि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारको मुख्य भूमिका छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानी छ ।

यो चलचित्रको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँमा नै गरिएको छ । छेतन गुरुङले निर्देशन गरेको चलचित्रको कथा खगेन्द्रले नै लेखेका हुन् । चलचित्रमा पि्रतम पाण्डेको सम्पादन, कालिप्रसाद बाँस्कोटाको संगीत, हरि हुमागाँइको छायांकन छ । चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?