भनिन्छ, श्रीमान्-श्रीमतिमा ‘केयरिङ’ र ‘शेयरिङ’ हुनुपर्छ । अर्थात हरेक कुरामा दुबै खुलस्त हुनुपर्छ । एकअर्काको कुरा आपसमा साझेदार गर्नुपर्छ । सही हो, कुरा लुकाउँदा विश्वास टुट्छ । विश्वास टुटेपछि सम्बन्धमा फाटो आउँछ । शंका-उपशंकाले ठाउँ पाउँछ । अन्तत यसले दाम्पत्य जीवनलाई खल्लो बनाइदिन्छ ।
तर, अर्को पक्ष पनि छ । श्रीमान्-श्रीमतिले आफुलाई सर्वाङ्ग हुनेगरी सबै कुरा भन्नुपर्छ भन्ने छैन । अझ कतिपय कुरा त यस्ता हुन्छन्, जसलाई शेयर गर्दा थप जटिलता आउन सक्छ ।
सबै कुरा भन्नैपर्छ भन्ने पनि हुँदैन । कतिपय कुरा, जो नभनेकै राम्रो हो । त्यस्ता कुरा लुकाउँदा दाम्पत्य सम्बन्ध धराप पर्ने पनि होइन । र, पारिवारिक जीवनलाई असर गर्ने पनि होइन । त्यसैले केहि कुरामा गोपनियता अपनाएकै राम्रो हो ।
अपमानको कुरा
यदि कतै अपमान भएको छ भने आफ्नी पत्नीलाई तबसम्म नबताउने जबसम्म उनी आफुलाई मद्दत गर्ने अवस्थामा हुन्नन् । अधिकांस महिलाहरु भावुक हुन्छन् र आफुलाई अपमान भएको कुराले उनलाई चोट लाग्छ । त्यसैले सकेसम्म यसलाई आफू एक्लै सामना गर्ने प्रयास गरौं ।
आफ्नै परिवारको नराम्रो कुरा
पतिले पत्नीसँग आफ्नो परिवारको कुरा काट्नु हुँदैन । आफुले भनेका कुराबाटै उनले परिवारप्रति आफ्नो धारणा बनाउने छिन् । यदि हामीले नकारात्मक कुरा गर्यौ भने परिवारप्रति उनको धारणा नकारात्मक बन्नेछ र परिवालाई सम्मान दिन छोड्नेछिन् ।
अरुको चरित्र हत्या हुने कुरा
पतिले पत्नीसँग कसैको चरित्रलाई लिएर नकारात्मक टिप्पणी गर्नु हुँदैन । महिलाहरु आफ्नो मनमा कुरा अड्याउन सक्दैनन् । यदि उनले कसैसँग कुरा खुस्काइन् भने भोली झमेलामा पर्न सक्नुहुन्छ ।
पत्नीलाई अरुसँग तुलना नगर्ने
पतिले ध्यानमा राख्नुपर्छ कि महिलाले आफूलाई कसैसँग तुलना गरेर तल पारेको मन पराउँदैनन् । तुलना गरौं, तर सँधै उनलाई श्रेष्ठ देखाउनुपर्छ । सँधै तारिफ मात्रै गरिरहनुपर्छ । यसबाट पत्नी पनि मख्ख आफु पनि खुशी ।
श्रीमतिका आफन्तको कुरा
हरेक व्यक्तिले आफ्ना बाबुआमालाई प्रेम गर्छन् । हामीले आफ्नो पत्नीको बुवाआमा र माइती परिवारलाई कहिले पनि अवहेलना गर्नु हुँदैन । यदि त्यसो गरियो भने उनको मनमा ठूलो चोट पुग्छ ।
प्रतिक्रिया 4