२३ माघ, काठमाडौं । लगेजमा लुकाएर २५ केजी अवैध लागुऔषध चरेश तस्करी गर्दै गर्दा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखाको पालुङ्गटार–९, खोप्लाङ्ग घर भइ काठमाडौं–१६ नयाँबजार बस्दै आएका २५ वर्षीय अमर तामाङ्ग र धादिङ्ग खनियाबास–२, झर्लाङ्ग घर भइ काठमाडौं–५, लोलाङ्ग बस्दै आएका २० वर्षीय रणबिर तामाङ्ग छन् ।
उनीहरुलाई विशेष सुराकीको आधारमा काठमाडौं–१६, वसन्तनगर गुम्बाबाट लोकतान्त्रिक चोक जाने पुलको नजिकबाट पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी वृत, बालाजुका अनुसार बा १ ज १३४९ नम्बरको ट्याक्सीमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा अमर र रणविरको साथमा लगेजमा चेकजाँच गर्दा २५ केसी चरेस भेटिएको थियो ।
उनीहरुलाई शनिबार पक्राउ गरी लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको बताइएको छ । उनीहरुसँगै लागुऔषध कारोबारमा संलग्न अन्यको समेत खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुले काठमाडौंबाट कञ्चनपुरसम्म उक्त लजेज लैजान लागेको बयान दिएका छन् ।
प्रतिक्रिया 4