Comments Add Comment

दुनियाँको सबैभन्दा शक्तिशाली रकेटमा के छन् विशेषता ?

अमेरिकाले विश्वको सबैभन्दा शक्तिशाली भनिएको रकेट प्रक्षेपण गरेको छ । फ्लोरिडास्थित ठीक त्यहीँ ठाउँबाट यो रकेटको प्रक्षेपण गरिएको छ, जहाँबाट चन्द्रमामा पुग्ने पहिलो मानिसले आफ्नो यात्रा सुरु गरेका थिए ।

अब इतिहास नयाँ शिराबाट लेखिँदैछ । गन्तव्य हो मंगल ग्रह र लक्ष्य हो मानिसलाई त्यहाँ पठाउने ।

फाल्कन हेभी नामको उक्त विशाल रकेटले केप क्यानभेरालस्थित अमेरिकी अन्तरिक्ष संस्था नासाको जोन एफ केनेडी स्पेस सेन्टरबाट मंगलबार उडान भरेको छ । एक निजी कम्पनी स्पेस एक्सले उक्त रकेट प्रक्षेपण गरेको हो ।
यो रकेटको ट्यांकमा एक टेस्ला कार राखिएको छ । यो गाडी अन्तरिक्षको कक्षमा पुग्ने पहिलो कार हुनेछ ।

यो रकेट केनेडी सेन्टरको उहीँ ीब्-घढब् प्लेटर्फमबाट लञ्च गरिएको छ, जहाँबाट अपोलो मिसनको सुरुवात गरिएको थियो ।

चन्द्रमामा मानिस पुगेको घटना पश्चात यो रकेट प्रक्षेपण त्यो महत्वपूर्ण घडीको रुपमा रह्यो जसको पूरै दुनियाले पर्खिरहेको थियो ।

केप क्यानभेरालमा उक्त क्षण हेर्नका लागि ठूलो संख्यामा मानिसहरु जम्मा भएका थिए । टेस्ला तथा स्पेसएक्स दुबै अर्बपति एलन मस्कका कम्पनी हुन् ।

फाल्कन हेभी जस्ता भीमकाय रकेटको प्रयोग मंगल ग्रहको भावी अभियानमा गर्न चाहन्छन् उनी ।

फाल्कन हेभी अन्तरिक्षको यात्रामा ११ किलोमिटर प्रतिसेकेण्डको गतिमा उडिरहेको छ । यो रकेट ७० मिटर लामो छ । अन्तरिक्ष कक्षमा यसले ६४ टन वजन स्थापित गर्न सक्दछ । जुन पाँच वटा डबल डेकर बसको वजन जत्तिकै हो ।

यो रकेट भन्दा शक्तिशाली रकेट केवल एउटा मात्र थियो, स्याटर्न भी एयरक्राफ्ट । ६० र ७० को दशकमा अपोलो अभियानका क्रममा स्याटर्न भी एयरक्राफ्टको प्रयोग गरिएको थियो ।

अहिले विद्यमान अन्य रकेटहरु भन्दा फाल्कन हेभीले दोब्बर भार बहन गर्न सक्दछ ।

स्पेन एक्सका सिइओका अनुसार यस रकेटको पहिलो उडानको सफलता ५० प्रतिशत थियो तर योसफलतापूर्वक प्रक्षेपण गरिएको छ ।

यद्यपि पहिलो उडानको खतरालाई मध्यनजर गर्दै यो रकेटसँगै एलोन मस्कको पुरानो रातो रंगको टेस्ला स्पोर्ट्स कार राखिएको छ ।

कारको ड्राइभिङ सिटमा स्पेस सुट पहिरिने व्यक्तिको प्रतीक राखिएको छ ।

यति यो रकेटले आफ्नो उडानको सबै चरणहरु पार गर्न सफल भयो र अन्तरिक्षमा सफलतापूर्वक अवतरण गर्न सक्यो भने टेस्ला कार र त्यसको यात्रुलाई सूर्यको आसपास अण्डाकार कक्षमा पुर्‍याउनेछ ।

र, त्यो क्षेत्र मंगल ग्रहको निकै नजिक हुनेछ । यद्यपि यस उडानको सफलताको जानकारी उडानको कम्तीमा पनि साढे ६ घण्टापछि मात्र थाहा हुनेछ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment