२४ माघ, काठमाडौं । अकुत सम्पत्ति आर्जनको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका नेपाल प्रहरीका पूर्वप्रमुख (आईजीपी) उपेन्द्रकान्त अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिएको छ ।
आयोगले उनीमाथि लागेको आरोपको छानविन मुल्तवीमा राख्ने निर्णय गरेको छ ।
अकुत सम्पत्ति कमाएको भन्दै परेको उजुरीमाथिको छानविनमा अर्यालमाथि अख्तियारले चार पटकसम्म वयान लिएको थियो । गत कात्तिकमा अख्तियारले उनको वयान लिएको थियो ।
तर, छानविनका क्रममा उनीमाथिको आरोप पुष्टि हुन नसक्ने भएपछि मुद्दा तत्कालका लागि स्थिगित गरिएको अख्तियार स्रोतले बतायो । ‘हाललाई उनले अकूत सम्पत्ति आर्जन गरेको देखिएन,’ अख्तियार स्रोतले भन्यो ।
थप प्रमाण भेटिए उनीमाथि पुनः अनुसन्धान सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4