Comments Add Comment

सनुपको ‘मेरो पाइला’ रिलिज

मानिसको जिन्दगी पाइलै पिच्छे कति महत्वपूर्ण छ त रु हरेकको जीवनमा विशेष र एक अर्थ बोकेको कथालाई लिएर आएका छन् चर्चित गायक सनुप पौडेल । गायक सनुप पौडेल आँफैमा अर्थपूर्ण गीत गायनको लागि चर्चित ब्यक्तित्व हुन् ।

ओजनदार गीतमा सलल बग्न सक्ने यि प्रतिभाका लागी अर्का माहिर लेखक मनिष बासिस्ठको शब्द शृजनाले विशेष अर्थ राखेको छ । लामो समयदेखि नियमित एक अर्कासंग सहकार्य गर्दै आएका गायक सनुप र गीतकार मनिषको सहकार्यले एक पाइला मार्फत जीवन पाएको छ ।

जुन जीवन मनिष र सनुपको मात्र नभई हरेक नेपाली भाव बुझ्ने ब्यक्तिको हुनसक्छ । यसैक्रममा उनीहरुको पछिल्लो सृजना “एक पाइला” सार्वजनिक भएसँगै गीतकार मनिषले देखेको सनुपको जीवन भिडियोमा जस्ताको त्यस्तै उर्तान निर्देशक रुशील अमात्य सफल देखिएका छन् । जुन राम्रो गीत संगीत सुन्न र हेर्न चाहने संगीत पारखीहरुको लागि बिशेष हुनेछ ।

सनी सुमनको संगीतको मेलोडी र शब्दको भावले सजिलै प्रभाव पार्ने क्षमतामा सनुपलाई उनकी श्रीमती र छोरीले साथ दिएका छन् । जसले धेरैको मन छुन सक्छ । अल्मोडा राना उप्रेतीले एरेन्ज गरेको गरेको गीतको भिडियोलाई ओमिशन थापाले सम्पादन गरेका हुन् । रबि सायमीले छायांकन गरेको गीतलाई एमबी क्रियशनले बजार ब्यबस्थापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment