Comments Add Comment

राष्ट्रिय सभा सांसदको मतगणना सुरु

२४ माघ, काठमाडौं । राष्ट्रिय सभा सांसदहरुका लागि आज (बुधबार) भएको चुनावको मतगणना सुरु भएको छ ।

यो समाचार तयार पार्दासम्म प्रदेश ७ र ६, ४ र १ मा मतगणना सुरु भएको छ ।

प्रदेश ७ मा दुर्इ जनाका लागि मात्रै मतदान भएको हो ।

प्रदेश ७ मा दलित र अल्पसंख्यक गरी दुई जनाको लागि मतदान भएको हो । दुई जनाका लागि मात्र मतदान भएकोले आजै साँझ मतपरिणाम आउने जानकारी दिइएको छ ।

प्रदेश ६ मा भने ८ जनाका लागि १२ जनाको उम्मेदवारी परेको छ । एमालेले ५, कांग्रेसले ४ र माओवादीले तीन जना उम्मेदवार उठाएको छ ।

सबै पदमा उम्मेदवार परेकोले प्रदेश ६ को परिणाम भने बुधबार राति मात्रै आउन सक्ने बताइएको छ । यता प्रदेश ३ र ५ मा पनि मतगणनाको तयारी गरिएको जनाइएको छ ।

बुधबार प्रदेश नं. २ बाहेकका अन्य ६ प्रदेशहरुमा चुनाव भएको हो । प्रदेश २ मा यसअघि नै ८ जना सर्वसम्मत चयन भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment