+
+
Shares

सलमान खानको ‘बिइङ ह्यूमन’ ब्राण्डका नेपाल विक्रेता धरौटी बुझाएर छुटे

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २४ गते १८:०१

२४ माघ, काठमाडौं । बलिउड अभिनेता सलमान खानको नाम लिएर विभिन्न व्यक्तिसँग ठगी गरेको खुलेपछि पक्राउ परेका ‘बिइङ ह्यूमेन’ ब्राण्डका नेपाल विक्रेता राजु थापा क्षेत्री साढे १२ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

बुधबार जिल्ला अदालत काठमाडौंमा धरौटी रकम बुझाएर उनी छुटेका हुन् । यसअघि १० माघमा महानगरीय अपराध महाशाखाले उनलाई १५ लाख रुपैयाँ बाउन्स चेक दिएको उजुरीपछि पक्राउ गरेको थियो ।

दरबारमार्गमा रहेको बिइङ ह्यूमेन क्लोथिङ स्टोरबाटै उनी पक्राउ परेका थिए । थापाले सलमान खानको नाममा अन्य व्यक्तिबाट समेत रकम लिएका थिए ।

प्रहरीले बैकिङ कसुर अन्तरगत मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?