Comments Add Comment

दूधमा सख्खर मिसाएर किन पिउने ?

दुधलाई शुद्ध र पोषणयुक्त पेय मानिन्छ । हामीकहाँ गाईको दुध खाने गरिएको छ । गाईको दुध भिटामिन ए, भिटामिन बी र डि, क्याल्सियम, प्रोटिनको स्रोत हो ।

दुध आफैमा स्वादिलो हुन्छ । कतिले त्यसलाई थप स्वादिलो बनाउन चिनी मिसाउँछन् । मह मिसाउँछन् । सबैभन्दा राम्रो काइदा चाहि के भने, दुधमा सख्खर मिसाउनुपर्छ ।

यसरी सख्खर मिसाइएको दुधमा धिक मात्रामा सुक्रोज, ग्लुकोज, खनिज तरल र पानी हुन्छ । यसका साथै क्याल्सियम, फस्फोरस, फलाम र तामा पनि राम्रो मात्रामा पाइन्छ ।

तातो दूधसँग सख्खर खानु धेरै हिसाबले फाइदाजनक छ । यसले गम्भीर रोगहरु पनि ठिक पार्ने दावी पोषणविदहरुको छ । दूध र सख्खर मिलाएर सेवन गर्दाको लाभ यस्ता छन् :

शरीरको वजन बढ्नबाट रोक्ने

तातो दुधमा सख्खर हालेर खाँदा तौल नियन्त्रण हुन्छ । मोटोपना बढ्नुमा चीनीको ठूलो हात हुन्छ । त्यसैले चीनीको ठाउँमा सख्खर मिलाएर पिउँदा वजन कम हुन्छ ।

छाला बनाउँछ मुलायम

तातो दुध र सख्खरको सेवनले छाला मुलायम हुन्छ र छालाासम्वन्धी समस्याहरु पनि हट्छन् । कपाल पनि बलियो र चमकदार हुन्छ ।

जोर्नीको दुखाई हट्छ

सख्खर खाँदा जोर्नीको दुखाईमा राहत प्राप्त हुन्छ । यसका लागि सख्खरको एउटा सानो टुक्रा काँचो बेसारसँग मिलाएर खानुपर्छ र साथमा तातो दुध पिउनुपर्छ ।

महिनावारीमा महिलालाई राहत

महिलालाई हरेकपटकको महिनावारीमा हुने पीडाबाट छुट्कारा पाउनका लागि तातो दुधसँग सख्खरको सेवन गर्नुपर्छ । यसका लागि महिनावारी सुरु हुनुभन्दा एक हप्ता अगाडिदेखि दैनिक एक चम्चा सख्खरको सेवन गरौं ।

शरीरको थकान अन्त्य

अत्यधिक थकाई महसुष भएको छ भने तातो दुध र सख्खरको सेवन गरौं, तुरुन्तै आराम मिल्नेछ ।

दममा राहत

चिसो मौसममा दमका बिरामीहरुले धेरै दुख भोग्नुपर्छ । हावामा अक्सिजनको कमी र बढ्दो प्रदूषणले खोकी र कफ हुने भएकाले सास लिन कठिनाई हुन्छ । यस्तोमा शरीरलाई न्यानो राख्नका लािग तथा कफलाई बाहिर निकाल्न दैनिक दूधमा सख्खर मिलाएर पिउने गरौं । आराम मिल्नेछ । सख्खर र कालो तिलको लड्डु बनाएर दूधसँग खाँदा पनि दममा फाइदा हुन्छ ।

रगत बढाउने, शरीरलाई उर्जा

दूध र सख्खरको सेवन गर्दा रगत सफा हुन्छ । यसलाई पिउँदा शरीरमा रगतको कमि र थकान रहँदैन ।

अनिद्रा हट्छ

यदि कसैलाई निद्रा नलाग्ने समस्या छ भने सुत्नुअघि एक गिलास तातो दुधमा सख्खर मिलाएर पिउने गर्नुस । यसबाट चाँडै निद्रा लाग्नुका साथै शरीरमा उर्जा पनि प्राप्त हुन्छ । यसले हाम्रो शरीरलाई रिल्याक्स्ड राख्छ ।

कब्जियत छुमन्तर

कब्जियतको समस्या भएका व्यक्तिहरुले दुधमा सख्खर मिलाएर खानु रामवाण जस्तै हुन्छ । यसले पाचन प्रक्रियालाई पनि राम्रो बनाउँछ ।

गर्भवती महिलालाई लाभकारी

गर्भवती महिलालाई डेलिभरीपछि हुन थकावट र कमजोरी भगाउनका लागि दुधमा सख्खर मिलाएर पिउने सल्लाह दिइन्छ । यसबाट आमाको दुध पनि बढ्छ र यसले शरीरलाई न्यानो पनि राख्छ ।

क्याल्सियम भरपुर मात्रामा

दुध र सख्खर दुवैमा क्याल्सियम पर्याप्त मात्रामा हुन्छ । यसले हड्डीहरुको रोग जस्तै स्टियोपोरोसिस वा उमेरसँगै हुने जोर्नीको दुखाई आदिबाट सुरक्षित राख्छ । त्यसैले हरेक दिन सख्खरको सानो टुक्रा अदूवासँग मिलाएर खानुस र तातो पानी पिउनुस । सख्खर र दूधमा रहेका कैयन् मिनरल्स आइरन र क्याल्सियमले मांशपेशिहरु र जोर्नीलाई मजबूत बनाउँछ ।

रुघा–खोकीबाट आराम

जाडोमा रुघा–खोकी सामान्य कुरा हो । यस्तोमा सख्खर–दूधको सेवन अत्यन्त फाइदाजनक हुन्छ । डाक्टर तथा पोषणविदहरु धेरै गुलियो नखान सुझाव दिन्छन् । तर सख्खरको गुलियोले भने स्वास्थ्यलाई निकै फाइदा गर्ने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment