Comments Add Comment

मुद्दा जितेको दुई दिनपछि पक्राउ परे एभरेस्ट होटलका सञ्चालक

२५ माघ, काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीले होटलको शेयर विवाद सम्बन्धी मुद्दा जितेको दुई दिनपछि पक्राउ परेका छन् । यसअघि उनको नाममा पक्राउ आदेश दिएको थियो । त्यसयता उनी फरार रहेका थिए ।

महानगरीय प्रहरी कार्यालय र प्रहरी वृत, महाराजगञ्जको टोलीले उनलाई बिहीबार महाराजगञ्जबाट पक्राउ गरेको हो ।

लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेका उनलाई पक्राउ गरिएकाे महागरीय प्रहरी प्रमुख जयबहादुर चन्दले पुष्टि गरे ।

उनी २१ वर्ष अघिको लागूऔषध मुद्दामा पक्राउ परेका हुन् । सन् १९९७ मा जर्मनीको विमानस्थलमा बरामद गरिएको २ सय ५० केजी लागूअाैषध चरेसको अनुसन्धानका क्रममा उनको संलग्नता खुलेको थियो ।

लारीलार्इ अहिले प्रहरी परिसर काठमाडौंमा राखिएकाे छ भने उनलार्इ बिहीबारै जिल्ला अदालत, काठमाडौं बुझाइने परिसरका एसपी रामदत्त जोशीले अनलाइनखबरलार्इ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment