+
+
Shares

किन अरुको कथामा विश्वास गर्दैनन् खगेन्द्र ?

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २६ गते १३:०४


कलाकार खगेन्द्र लामिछानेले अभिनय गरेका चलचित्रहरुमा उनको आफ्नै कथा लेखन हुन्छ । बिहिबार घोषणा भएको चलचित्र ‘जय भोले’मा पनि खगेन्द्रले नै कथा लेखेका छन् ।

के खगेन्द्र अरुको कथामा विश्वास नै गर्दैनन् ? ‘दासढुंगादेखि जय भोले’सम्म आइपुग्दा उनलाई चलचित्र खेल्न आफ्नै कथा किन चाहिन्छ ? के नेपालमा उनी भन्दा राम्रो कथा लेख्ने मान्छे नै छैनन् ?

नायक लामिछानेले यो बिषयमा जवाफ दिने कोशिश गरेका छन् । उनले भने-‘राम्रो कथा कसैले ल्याउँछ भने, म आफू लेख्न नै छाडिदिन्छु । मैले यसो भन्दै गर्दा अरुले राम्रो लेख्दैनन् भन्न खोजेको होइन । तर, म सम्म राम्रो कथा आइपुगेको छैनँ ।’

उनले चलचित्र ‘धनपति’को रिलिजपछि आफ्नै कथा र अभिनय भएको खण्डमा एक चलचित्रबाट २५ लाख पारिश्रमिक मागेको खबर सार्वजनिक भएको थियो ।
पत्रकारले उनलाई यो बिषयमा पनि प्रश्न सोधे । उनले भने-‘यो रकम ठूलो भयो र ? अहिले म यति रकममा त चलचित्र नै गर्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?