+
+
Shares

गुल्मीको खरबाङमा लागेको डढेलो एक दिनपछि नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २६ गते १५:१९

२६ माघ, गुल्मी । मुसिकोट नगरपालिका ५ आपचौर जंगलमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

कुर्घाको मालिकाबाट तिम्ले खर्क हुँदै फैलिएको आगो झण्डै १५ किलोमिटर निजी खरबारी हुँदै जंगलबाट आपचौरको खरवाङ जंगलसम्म पुगेको थियो ।

डढेलो स्थानीय वासिन्दा, नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि जोखिम अवस्थामा रहेका बस्तीमा समस्या नरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए ।

बिहीबार दिउँसोबाट लागेको आगो आँपचौरको बस्ती नजिकै पुगेसँगै स्थानीय निकै त्रसित बनेका थिए ।

स्थानीयले आगो निभाउने प्रयास गरे पनि नसक्दा २५ घरधुरी जोखिमा थिए । झण्डै ४ किलोमिटर खरबारी क्षेत्रमा आगो फैलिएपछि निभाउन जिल्लाबाट थप सुरक्षाकर्मी पठाइएको थियो ।

‘बस्ती नजिकैको आगो पुरै नियन्त्रणमा आएको छ’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने ‘अन्य स्थानमा रहेको आगो पूर्ण रुपमा नियन्त्रणमा लिन सुरक्षाकर्मी आगलागी स्थलमै खटिएका छन् ।’

आगो नियन्त्रणमा लिन मुसीकोट नगरपालिका नगर प्रमुख सोमनाथ सापकोटासहितको टोली पनि खटिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?