Comments Add Comment

प्रदेश १ : एमाले नेता राजन राईले किन गरे मत बदर ?

२६ माघ, विराटनगर । नेकपा एमाले प्रदेश १ को संसदीय दलको निर्वाचनमा एक मत बदर भयो । कुल ५१ जना एमाले सांसदमध्ये कसको मत बदर भयो होला ? धेरैले यो प्रश्न गरेका छन् । बदर भएको मत भने कुनै निरक्षर सांसदको नभएर पढेलेखेका र प्रभावशाली नेताकै रहेको खुलेको छ ।

प्रदेश संसदीय दलको चुनावमा मत बदर गर्ने सांसद हुन्, राजन राई । खोटाङ प्रदेशसभा क बाट निर्वाचित सांसद राई एमालेका केन्द्रीय सदस्य तथा चर्चित युवा नेता हुन् । उनले मतपत्रमा कुनै एक उम्मेदवारलाई मत नदिई हस्ताक्षरमात्र गरेका कारण बदर भएको एमाले नेता जगदिश कुसियतले बताए ।

पार्टीभित्रको सन्तुलनमा राई माधव नेपाल पक्षका हुन् । उनले जानाजान मत बदर गरेको चर्चा एमाले वृत्तमा चलेको छ । भीम आचार्यलाई मन नपराउने माधव नेपाल पक्षका सांसदमध्ये कम्तीमा ५ जनाले शेरधन राईलाई मत दिए भने राजन राईले मतै बदर गराएको आशंका छ ।

चुनाव जित्ने शेरधन राईले २६ मत पाउँदा आचार्यले २४ मत पाए । एक मत बदर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment