Comments Add Comment

कांग्रेस प्रदेश ६ को संसदीय दलको नेतामा जीवन शाही सर्वसम्मत

२६ माघ, काठमाडौं । नेपाली कांग्रेस प्रदेश ६ को संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् ।

प्रदेशको अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरमा बसेको बैठकले शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

पूर्वपर्यटनमन्त्री शाही हुम्ला (ख) बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । उनी कांग्रेसको प्रदेश ६ बाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद हुन् ।

प्रदेश ६ मा माअोवादीको नेतृत्वमा प्रदेश सरकार बन्ने भएको हुँदा संसदीय दलको नेता चुनिएसँगै शाही प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा रहने निश्चित भएको छ । कांग्रेसका प्रदेश ६ मा शाहीसहित ६ जना प्रदेश सांसद छन् ।

यो प्रदेशमा एमालेको २०, माअोवादीको १३ र राप्रपाले एक सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment