Comments Add Comment

मोटरसाइकलको ठक्करबाट मृत्यु

२६ माघ, मोरङ । विराटनगर– ३ स्थित कोशी राजमार्गमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको छ ।

बिहीबार बेलुका उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को११प १८२८ नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा विराटनगर– ४ बस्ने ५० वर्षीय रुद्र धमला गम्भीर घाइते भएका थिए ।

गम्भीरघाइते उनको विराट् नर्सिङ होम विराटनगरमा उपचारका क्रममा शुक्रबार अपराह्न मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए ।

ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment