Comments Add Comment

‘भीम आचार्यले गुट होइन, गुणका कारण चुनाव हार्नुभो’

२६ माघ, इटहरी । शुक्रबार एमालेका प्रदेश १ र ३ को संसदीय दलको चुनावी प्रक्रिया अर्थपूर्ण थियो । एमालेको एकल बहुमत भएका यी दुवै प्रदेशमा जो संसदीय दलको नेता चयन हुन्छ, ऊ नै मुख्यमन्त्री बन्ने पक्का थियो ।

प्रदेश १ मा मतदान नहुँदै प्रदेश ३ को संसदीय दलका नेता मतदानबाट चयन भइसकेका थिए । धेरैले अनुमान गरे अनुसार प्रदेश ३ मा एमालेको अध्यक्ष केपी शर्मा ओली समूहको बहुमत भएकाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले डोरमणि पौडेलसँग चुनाव हारिन् ।

गुटअनुसार मत खसेको प्रदेश ३ मा भन्दा प्रदेश १ मा भने विपरीत नतिजा आयो । अर्थात् गुटको अंकगणितमा धेरै अगाडि रहेका एमाले सचिव भीम आचार्यले पोलिटब्युरो सदस्य शेरधन राईसँग २ मतले संसदीय दलको नेता चयनमा चुनाव हारे ।

नेता माधव नेपाल समूहको एकछत्र समानुपातिक सांसदहरु र प्रत्यक्ष निर्वाचित सांसदहरु पनि धेरै भएको अवस्थामा पनि ओली समूहका नेता शेरधन राईले नै जिते ।

यस्तो अनपेक्षित परिणाम आउनुमा भीम आचार्यको व्यक्तिगत व्यवहार भएको एमालेका पूर्वसांसद रेवतीरमण भण्डारी बताँउछन् ।

आफ्ना मान्छेमात्रै बोक्ने र पार्टीको उम्मेदवार चयन गर्दा जथाभावी टिकट दिएका कारण आचार्यको माहोल नबनेको सांसद भण्डारीले बताए । दोस्रो संविधानसभाको चुनावमा ७ हजार बढीको मतान्तरले जितेर सक्रिय सांसदको भूमिका निर्वाह गरेका भण्डारीलाई आचार्यले जानाजान टिकट नदिएको उनको आरोप छ ।

आफूलाई टिकट नदिन नै सुनसरी २ मा जबरजस्ती वाम गठबन्धनका नाममा माओवादीका उम्मेदवारलाई प्रतिनिधिसभामा टिकट दिएको भण्डारीले आरोप लगगाए । सुनसरीका ४ क्षेत्रमा ३ क्षेत्र कांग्रेसले जित्नुमा आचार्यकै अदूरदर्शी नीति रहेको भण्डारी कित्ताका नेताले आरोप लगाउँदै आएका छन् ।

उनै भण्डारी आचार्यले गुट भन्दा आफ्नै गुणका कारण चुनाव हारेको बताउँछन् । ‘३० सांसद आफ्नो गुटमा भएर पनि २४ मत मात्रै आएर २ मतले हार्नु गुटको कारण हैन’, भण्डारीले भने, ‘आचार्य कामरेड गुटका कारणले हैन गुणका कारणले हार्नुभएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment