Comments Add Comment

प्रदेश ३ को सभामुखमा एमालेकै २ उम्मेदवार


२७ माघ, काठमाडौं । प्रदेश ३ को सभामुखमा एमालेबाट २ जनाले उम्मेदवारी दिने सम्भावना बढेको छ । सभामुख मनोनयनको पूर्वसन्ध्यामा केपी शर्मा ओली र माधव नेपाल पक्षले आ–आफ्ना उम्मेदवार खडा गरेपछि यस्तो सम्भावना बढेको हो ।

प्रदेश ३ को फागुन २ गतेका लागि तय गरिएको सभामुख निर्वाचनको मनोनयन अहिले दिउँसो १ बजे हुँदैछ । तर मनोनयनको समय नजिकिँदै गर्दा ओली गुटले सानु श्रेष्ठलाई उम्मेदवार घोषणा गरिसकेको छ भने नेपाल गुट घोषणाको तयारीमा लागेको छ ।

स्रोतका अनुसार, माधव नेपाल पक्ष भक्तपुरका राजेन्द्रमान श्रेष्ठलाई सभामुखको उम्मेदवार बनाउने तयारीमा लागेकाे छ ।

प्रदेश ३ को संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै संस्थापन पक्षका डोरमणि पौडेल निर्वाचित भएपछि नेपाल पक्षले पार्टीभित्र सन्तुलन मिलाउन सभामुख आफ्नो पक्षले पाउनुपर्ने दाबी गरेको छ । तर यसकाे बेवास्ता गर्दै अाेलीले शुक्रबार नै सानु श्रेष्ठलार्इ उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् ।

‘प्रदेश ३ को सभामुखमा ओली र नेपालले आ–आफ्ना उम्मेदवार अघि सार्ने तयारी गरेका छन् । यसो भएमा सभामुखमा एमालेबाटै २ जनाको प्रतिष्पर्धा हुनेछ’, स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment