Comments Add Comment

नेपालगञ्जमा तीन अर्बको विकास आयोजना

 २७ माघ, नेपालगञ्ज ।  एशियाली विकास बैंकको सहयोगमा यहाँ कालोपत्रे सडक र सतही नाला निर्माण हुने भएको छ ।  क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ३५ किमी कालोपत्रे सडक र सतही नाला निर्माण गर्ने जनाइएको छ । यसका लागि बैंकले करिब रु एक अर्ब ५० करोड ऋण अनुदान उपलब्ध गराएको छ ।

आयोजना प्रमुख सुनिलकुमार ठाकुरका अनुसार आयोजना सम्झौता भएको मितिले २० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । आयोजनाअन्तर्गत अहिले नेपालगञ्जको बेलासपुरदेखि खजुरा सडकखण्ड जोड्ने सडकको दुवै छेउमा सतही नाला निर्माण भइरहेको छ । यसका साथै नेपालगञ्जका भित्री सडक पनि निर्माण र मर्मत गरिने तथा पिछडिएका तथा विपन्न समुदायका लागि आयआर्जन कार्यक्रम सञ्चालन हुनेछ ।

सोही बैंकको ऋण अनुदान सहयोगमा उपमहानगरपालिकाले पनि सडक र सतही नाला निर्माण गर्ने जनाइएको छ । उपमहानगरपालिकाले सञ्चालन गर्ने शहरी विकास आयोजनाअन्तर्गत करिब ३६ किमी कालोपत्रे सडक र सतही नाला निर्माण गरिने आयोजनाका टोलीनेता डा जनार्दन आचार्यले जानकारी दिनुभयो । सो आयोजना सञ्चालनका लागि बैंकले करिब रु एक अर्ब ५० करोड ऋण अनुदान सहयोग उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment