+
+

शनिबारका टप १० समाचारः प्रचण्डको फड्को, मधेस सरकार र कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २७ गते २०:५३

आज शनिबार दिनभर अनलाइनखबरमा थुप्रै समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. चितवनबाट प्रचण्डले भने- अर्को फड्को हान्न बेर मान्दिनँ

प्रचण्डमाथि अस्थिर बनेको आरोप लाग्ने गरेको छ । अहिले पनि कतिपय एमाले नेताहरूले प्रचण्ड अस्थिर भएकै कारण पार्टी एकताका लागि चाहिने विश्वास बन्न गाह्रो भइरहेको बताउने गरेका छन् ।तर, प्रचण्डले आफूलाई अस्थिर भनेर व्यग्य नगर्न आग्रह गरेका छन् ।

२. त्रिशूली दुर्घटना अपडेटः बेपत्ता सचिव मृत भेटिए

सचिव यादव कपिलवस्तुमा छोरीको विवाहको टुंगो गरेर मन्त्रालय फर्किने क्रममा थिए । उनी आफैँले हाँकेको बा २ झ ३१४० नम्बरको गाडी शनिबार बिहान ३ बजेतिर पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर थियो ।

३. प्रदेश २ को मुख्यमन्त्री फोरमलाई, राजपाले सभामुख र तीन मन्त्रालय लिने

फोरम र राजपाले प्रदेश २ को प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन बनाएर चुनाव लडेका थिए । चुनावपछि दुबै दल मिलेर सरकार बनाउन तयार भएपनि पद भागवण्डा मिलेको थिएन ।

४. सकियो चमेलियाको प्रतीक्षा, अन्ततः जोडियो राष्ट्रिय प्रसारणमा

सन् २००७ सालदेखि निर्माण कार्य थालेको आयोजनाल सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौता भन्दा झण्डै ६ वर्ष पश्चात् ३० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । यो समयमा निर्माण लागत बढ्दा र सम्भाब्य बिजुली उत्पादन नहुँदा प्राधिकरणलाई कराडौंको नोक्सानी भयो ।

५. अन्तरिक्षमा पनि व्यापारः हजारभन्दा बढी कम्पनी संलग्न !

अन्य उद्योगको तुलनामा सानै सही, अन्तरिक्ष उद्यमको आकार तीव्र गतिमा बढिरहेको पाइन्छ । सन् २०११ मा अन्तरिक्ष उद्योगमा जम्माजम्मी सय कम्पनी संलग्न थिए । त्यसयता बढेर कम्पनीहरुको संख्या एक हजार नाघेको छ । तीमध्ये सात सय वटा निजी क्षेत्रका छन् ।

६. विश्वका ११ ठूला शहर, जो थोपाथोपा पानीको लागि तड्पिन्छन्

दक्षिण अफ्रिकाको केपटाउन शहर छिट्टै आधुनिक विश्वको पहिलो यस्तो ठूलो शहर बन्ने क्रममा छ, जहाँ पिउने पानीको भारी कमी हुनेवाला छ । आउँदा केही सप्ताहमा यहाँका बासिन्दाहरुलाई पिउने पानी मिल्ने छैन । तर, दक्षिण अफ्रिकाको यो सुख्खाग्रस्त शहर यस प्रकारको समस्यासँग जुध्ने पहिलो शहर भने होइन ।

७. ‘वाम गठबन्धनले कांग्रेसलाई उपसभामुख अफर गर्नुपर्छ’ 

प्रतिनिधिसभाको अधिवेशन आहृवान प्रक्रिया सुरु नै भएको छैन तर, प्रदेशसभाहरुले सभामुख र उपसभामुख चुन्न थालेका छन् । प्रदेश ३ ले सभामुख पाएको छ भने उपसभामुख चयनका लागि भोलि निर्वाचन गर्ने कार्यक्रम छ ।

८. ‘कृ’को आक्रामक व्यापार, हलमा अनमोल पुग्दा देखियो यस्तो क्रेज फोटो र भिडियोसहित)

शनिबार बिहानैदेखि काठमाण्डौका सिंगल र मल्टिप्लेक्स हलमा चलचित्रको आक्रामक व्यापार देखियो । काठमाण्डौको सर्वाधिक चर्चित हल मानिएका गोपिकृष्ण मुभिज र अष्टनारायण पिक्चर्समा चलचित्रको व्यापार बम्पर रह्यो ।

९. काठमाडौंमा माउन्टेन बाइकिङः सिकारुका लागि चार रुट

काठमाडौंमा शनिबारे बिदा मनाउन तपाईं के के गर्नुहुन्छ ? फुर्सदिलो दिनको गहकिलो सदुपयोग गर्ने विचार छ भने माउन्टेन बाइकिङ पनि उपयुक्त विकल्प हुन सक्छ ।

१०. आदर्श सेलिब्रेटी प्रेमिल जोडी- कर्ट रुसेल र गोल्डी हन

भनिन्छ, सेलिब्रेटेड बन्नु एक बेला सपना हुन्छ । पछि फेरि त्यही बेलामा र्फकन पाए हुन्थ्यो भन्ने सपना बन्छ । किनकि, विस्तारै आफूले चाहेजस्तो हुन छाड्छ, सेलिब्रेटेड लाइफ ।

जहाजभित्र रहेको एकजना यात्रु जहाजको बाथरुममा छिरेर जिउका सबै कपडा फुकालेर तमासा गर्न थालेका थिए । एयर होस्टेजहरुले ती यात्रुलाई कपडा लगाएर आफ्नो सिटमा गएर बस्नका लागि बारम्बार आग्रह गरेपनि उनले अस्विकार गरी नांगै उफ्रिन थाले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?