२८ माघ, काठमाडाैं । स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. राजेन्द्र प्रसाद पन्तले दिएको रिट खारेजीको माग गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. तारानाथ पौडेल सर्वोच्च अदालत पुगेका छन् ।
डा. पन्तले सर्वोच्च अदालतमा दिएको रिट खारेजीको माग गर्दै डा. पौडेल गत विहिवार सर्वोच्च अदालत पुगेका हुन् । जबकी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै डा. राजेन्द्र स्रसाद पन्त आजै विभाग र्फकदैछन् ।
डा. पन्त विभाग र्फकने निश्चित भएपछि डा. पौडेल विहिवार नै अदालत पुगेका हुन् । अदालतको आदेशको कार्यान्वयन गर्दै डा. पन्त आजकै मितिबाट विभाग र्फकदैछन् ।
जबकी डा. पौडेल भने सोही रिट खारेजीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । उक्त रिटको सुनुवाई आजलाई तोकिएको छ ।
‘दुवैजना निमित्त रहेको अवस्थामा सरकारले जसलाई पनि विभागको महानिर्देशकको जिम्मेवारी प्रदान गर्न सक्ने व्यवस्था रहेको छ । त्यसका बाबजुद डा. पन्तले सर्वोच्च अदालतमा रिट दायर गरेपछि उक्त रिट निवेदन खारेजीको लागि विहीबार सर्वोच्च अदालत गएको हुँ’ , विभागका महानिर्देशक डा. तारानाथ पौडेले भने,’ यदी अदालतबाट निष्पक्ष न्याय हुने हो भने यो मुद्दा मैले नै जित्नुपर्छ’ ।
गत पुस ३० गते मन्त्रीस्तरीय निर्णयबाट स्वास्थ्यमन्त्री दीपक बोहराले डा. पन्तलाई मन्त्रालय सरुवा गरी उनको ठाँउमा पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक डा तारानाथ पौडेललाई विभागको महानिर्देशकको जिम्मेवारी सुम्पिएपछि आक्रोशित बनेका डा. पन्तले आˆनो कार्यकाल समाप्त नहुँदै मन्त्रालय सरुवा गरेको भन्दै गत माघ १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटका सम्बन्धमा सर्वोच्च अदालतले कार्यकाल समाप्त नहुँदै डा. पन्तलाई मन्त्रालय सरुवा गर्नु कानून सम्मत नभएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न गत माघ १८ गते अन्तरिम आदेश जारी गरेको थियो ।
प्रतिक्रिया 4