१ फागुन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (विप्लप) समूहले रामेछापको दुर्इ वटा एनसेल मोबाइलको टावरमा क्षति पुर्याएको छ । योसँगै एनसेलको सेवा जिल्लामा अवरुद्ध भएको छ ।
एनसेलले नेपाल सरकारलाई तिर्नुपर्ने कर नतिरेको भन्दै टावरमा क्षति पुर्याएको हो ।
एनसेल कम्पनी नेपाली जनताबाट उठाएको रकम सरकारलाई तिर्नुपर्ने कर समेत नतिरी विदेश लाने प्रयास भएको भन्दै एनसेलमाथि कारवाही अभियान चलाएको नेपाल कम्युनिष्ट पार्टीको क्रान्तिकारी जनपरिषद रामेछापका प्रमुख विवेक लामाले जानकारी दिए ।
उनका अनुसार मंगलबार जिल्लाको रामेछाप नगरपालिकाको भालुखोप डाडा र दोरम्बा गाउँपालिका थापागाउँमा रहेको दुईवटा एनसेल टावरमा क्षति पुर्याइएको छ ।
एनसेल कम्पनीले राज्यलाई तिर्नुपर्ने ४२ अर्ब भन्दा बढी कर नतिरेसम्म आफूहरुको यो अभियान जारी रहने क्रान्तिकारी जनपरिषद रामेछापका प्रमुख लामाले चेतावनी समेत दिए ।
प्रतिक्रिया 4