Comments Add Comment

मुख्यमन्त्रीले गरे नारायणगढ-मुग्लिन सडकको अनुगमन

१ फागुन, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पदभार सम्हालेको भोलिपल्टै सडक अनुगमनमा निस्किएका छन् । मुख्यमन्त्री पौडेल र आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले मंगलबार विस्तारको क्रममा रहेको नारायणगढ मुग्लिन सडकखण्डको अनुगमन गरेका हुन् ।

मुख्यमन्त्रीको टोली १५ किलो भन्ने ठाउँ सम्म पुगेको थियो । पौडेलले सडक विस्तार सुरु भएको लामो समय बित्दा पनि नसकिएको भन्दै छिटो काम सक्न आयोजना प्रमुखलाई निर्देशन दिएका छन् ।

‘मुख्यमन्त्रीले कडा निर्देशन दिनु भएको छ । समयमा काम भएन भने ठेक्का नै खारेज गर्ने चेतावनी दिनु भएको छ’ मन्त्री जम्मरकट्टेलले अनलाइनखबरलाई बताए ।

मुख्यमन्त्रीलाई अहिलेसम्म आयोजनाको काम ७५ प्रतिशत सकिएको जानकारी गराइएको आयोजनाका निमित्त प्रमुख गोविन्द खनालले बताए ।

अनुगमनकै क्रममा मुख्यमन्त्रीको टोलीले दासढुङगामा रहेको मदन भण्डारी र जिवराज आश्रतिको शालिकमा माल्यार्पण पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment