Comments Add Comment

मकवानपुरले राजधानीसँगै मुख्यमन्त्री पाएको भन्दै एमालेले बाँड्यो लड्डु

२ फागुन, हेटौंडा । प्रदेश राजधानीसँगै प्रदेश प्रमुख पनि जिल्लाबाटै भएको भन्दै एमाले मकवानपुरले लड्डु बाँडेको छ ।

जिल्ला पार्टी कार्यालयले प्रतिनिधिसभा सदस्यद्वय र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वागत तथा सम्मानमा कार्यक्रम राखेको थियो ।

कार्यक्रममा पार्टी अध्यक्ष मुनु सिग्देलले जिल्लाले राजधानीसहित मुख्यमन्त्री पाएकोमा खुसी व्यक्त गर्दै लड्डु खाएरै खुसी मनाउने घोषणा गरिन् । उनले भनिन्, ‘मिठो चिज खाएर खुसी साट्ने हाम्रो परम्परा हो ।’

प्रदेशसभा सदस्य समेत रहेकी उनले ‘मकवानपुर भाग्यमानी जिल्ला र हामी भाग्यमानी जिल्लावासी’ भएको भन्दै खुसी टिकाई राख्न हेटौंडालाई स्थायी राजधानी बनाउनु पर्नेमा जोड दिइन् ।

जिल्ला तथा केन्द्रीय नेताहरुको उपस्थिति रहेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले राजधानीसँग पद साटेको भन्ने हाल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे । उनले भने, ‘ढुक्क हुनुस्, पदका लागि कुनै सम्झौता गरेको छैन ।’

विकास र सम्वृद्धिका योजना आफूसँग रहेको बताउँदै उनले सबै मिलेर काम गर्न सके बिकास धेरै टाढा नभएको बताए । मुख्यमन्त्री पौडेलले भने, ‘सबैले साथ दिनुस्, म विकास गरेर देखाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment