Comments Add Comment

पूर्वबाट सुरु भयो ‘जय भोले’को छायांकन


शिवरात्रीको अवसर पारेर ठूला मेकरहरुले चलचित्रको छायांकन सुरु गरेका छन् । शिवरात्रीको अवसर पारेर पूर्वी नेपालको झापादेखि चलचित्र ‘जय भोले’को छायांकन सुरु गरिएको छ । कमेडी तथा सामाजिक कथामा यो चलचित्र बन्नेछ । अर्जुनधारा जलेश्वरधाम शिव मन्दिरमा चलचित्रको मुहुर्त गरियो ।

करिब एक दशकपछि चलचित्रको निर्देशनमा अशोक शर्मा फर्किएका छन् । उनले ‘मितिनी’पछि चलचित्र निर्देशन गरेका थिएनन् । मंगलबार चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, वुद्दि तामाङले टेक दिएका छन् । झापाको शनिश्चरे बजार, शीतलाबस्ती, गैरीगाउँ लगायतका स्थानमा पहिलो दिनको छायांकन गरिएको छ । चलचित्रको छायांकन ४० दिनमा सक्ने योजना बनाइएको छ । दशैंको फूलपातिमा यो चलचित्र रिलिज हुनेछ ।

चलचित्रमा सलोन बस्नेत, राजाराम पौडेल पनि मुख्य भूमिकामा छन् । फिल्म वल्र्ड प्रालि र एए ग्रुप अफ कम्पनिजको ब्यानरमा यो चलचित्र निर्माण भैरहेको छ । चलचित्रले दुई केटा साथीविचको भावानात्मक सम्बन्ध र प्रेमको कथालाई उठान गरेको छ । करिब १ करोड ६० लाखको बजेटमा यो चलचित्र बन्ने बताइएको छ ।

चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment