२ फागुन, जनकपुरधाम । प्रदेशसभा २ का सभामुख सरोजकुमार यादवले बुधबार सपथ लिएका छन् । प्रदेशप्रमुखको कार्यालयमा आयोजित सपथ समारोहमा प्रदेश २ का प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले उनलाई सपथ गराएका हुन् ।
यादवले हिन्दी भाषामा सपथ लिएका छन् । प्रदेश सांसदहरुले मैथिली र भोजपुरीलाई छाडेर हिन्दी भाषामा सपथ लिएकोमा विरोध भइरहेका बेला सभामुख यादवले पनि हिन्दी भाषामा सपथ लिएका हुन् ।
सपथ समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4