३ फागुन, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टुमा क्यानडालाई एक विकेटले हराउँदै नेपालले विश्वकप छनोट खेलको यात्रा तय गरेको छ । नेपालको यो संघर्षपूर्ण तर सनसनीपूर्ण जितको जताततै प्रशंसा छ ।
क्यानडाले दिएको १९५ रनको लक्ष्य नेपालले एक विकेट बाँकी छँदै पूरा गर्न सफल भयो ।
अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए ।
अर्को बल वाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो । अब अन्तिम बलमा मात्र एक रन चाहियो, जुन करणले सहजै पूरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसँगै विश्वकप छनोटमा पुर्याए । ३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्काको मद्दतमा नटआउट ४२ रन बनाए । त्यसैले यो जितको नायक करण बने ।
क्यानडाविरुद्धको खेलमा नेपालले एक विकेटको सनसनीपूर्ण जित निकाल्दै विश्वकप छनोटमा स्थान बनाएपछि नेपाली खेलाडीहरुले मैदानभित्र मात्रै खुसीयाली साटेनन्, ड्रेसिङ रुमभित्र पनि विजय उत्सव मनाए ।
नेपाली खेलाडीहरुको खुसी भिडियो र फोटोमा हेर्नुस् –
The ecstasy of reaching the @cricketworldcup qualifier! 🇳🇵
Inside the Nepal dressing room moments after they pulled off perhaps the greatest comeback in World Cricket League history to beat Canada by one wicket on the final ball! #WCL2 pic.twitter.com/ovQbLS1bnz
— ICC (@ICC) February 14, 2018
Nepal fans right now feeling like… 🇳🇵 #CANvNEP #WCL2 pic.twitter.com/R8XhsGJGU0
— ICC (@ICC) February 14, 2018
यो पनि पढ्नुहोस्
करण केसीको संघर्ष यात्राः विदेश जान हिँडेको ठिटो जब क्रिकेटर बन्यो
प्रतिक्रिया 4