Comments Add Comment

क्यान्सर बिरामीको सहयोगार्थ ‘ऐ मेरो हजुर–२’ डिसीमा प्रदर्शन हुँदै


अमेरिका । अमेरिकाको भ्रमणमा रहेका नायिका तथा निर्देशक झरना थापा तथा निर्माता सुनिलकुमार थापाको ‘ए मेरो हजुर–२’ डिसीमा प्रदर्शन हुने भएको छ ।

युरोपका विभिन्न देशहरुमा ‘ए मेरो हजुर–२’ को प्रदर्शनपछि अमेरिकाकाको डिसीमा प्रदर्शन हुन लागेको हो ।

चलचित्र प्रदर्शनबाट उठेको रकम भरतपुरमा रक्त क्यान्सरको उपचार गरारहेका १० बर्षे बालक विवेक आचार्यलाई सहयोग गरिने बताइएको छ ।

नायिका तथा निर्देशक झरना थापाले आफूले पहिलोपटक निर्माण गरेको चलचित्र हेर्न सबैमा अनुरोध गर्दै संकलित रकम रक्त क्यान्सर पीडित बालकको उपचारमा खर्च गरिने जानकारी दिइन् ।

चलचित्र मार्च ४ मा अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च शहरस्थित लोमन प्लाजा चलचित्र मन्दिरमा प्रदर्शन हुनेछ ।

यसैबीच, भर्जिनियाको हर्नडनका समाजसेवी परशुराम भण्डारीको पहलमा संकलित २ हजार ४४ डलर पीडित परिवारलाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment