Comments Add Comment

२५ करोडको वैदेशिक रोजगार बचत पत्र बिक्री सुरु


३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशीक रोजगारीमा रहेका र त्यहाबाट फर्किएको चार महिना नकटेकाहरुको लागि २५ करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्र २०७९ ख जारी गरिरहेको छ ।

यो बचत पत्रमा बार्षिक १० प्रतिशत ब्याजदर पाइने छ भने ब्याज भुक्तानी ६/६ महिनामा भुक्तानी हुनेछ । पाँच वर्षसम्म यस्तो बचत पत्र फिर्ता नहुने भएपनि आवश्यक परेका बैंक तथा वित्तयि संस्थामा धितो राखेर ऋण लिन सकिने सुविधा भने हुनेछ ।

घटिमा पाँच हजार र बढिमा पाँच हजारले निशेष भाग जाने रकम बराबरको लागनी गर्न सकिनेछ । वैदेशिक रोजगारीमा रहेकाकाले परिवारको नाममा पनि ऋणपत्र खरिद गर्न सक्छन् । गैर आवासीय नेपालीले यसमा लगानी गर्न सक्नेछन् ।

फागुन ३ गतेदेखि फागुन २३ गतेसम्म बिक्री खुला हुनेछ । नेपाल भित्र सिटिजन्स बैंक, एनएमबी बैंक, नबिल बैंक, माछापुच्र्छे बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभु मनि ट्रान्सफर, सिटी एक्सप्रेस मनि ट्रान्सफर, आईएमई लिमिटेड र सेवा रेमिटमार्फत ऋणपत्र खरिद गर्न सकिनेछ ।

कतार, कुवेत, युएइ, जापान, साउदी अरेबिया, कोरिया, मलेसिया, इराक, भारत, अमेरिका, दक्षिण कोरिया र इजरायलबाट पनि आवेदन दिन सकिनेछ । त्यहा, आईएमई लिमिटेड, सिटी एक्सप्रेस, प्रभु बैंक, प्रभु मनि, सेञ्चुरी कमर्सियल र सनराइज बैंकबाट आवेदन दिन पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment