Comments Add Comment

प्रदेश २ : मुख्यमन्त्रीले भोजपुरी र मन्त्रीहरुले लिए मैथिली र हिन्दीमा सपथ

३ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनीयताको सपथ लिएका छन् । जनकपुर चुरोट कारखानाको परिसरमा आयोजित सपथ समारोहमा उनले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

मुख्यमन्त्री राउतसँगै बिहीबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव र भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले पनि सपथ लिएका छन् । मुख्मन्त्री राउतले भोजपुरी, आर्थिक मामिला मन्त्री यादवले मैथिली र सोनलले हिन्दी भाषामा सपथ लिएका छन् ।

सपथ समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए ।

सपथपछि मुख्यमन्त्री राउतले हिन्दी र नेपाली भाषामा सम्बोधन गरेका थिए । मुख्यमन्त्री राउतले शिक्षा, स्वास्थ्य, सिञ्चाई, सुशासन, सडक गरी पाँच स मा आफूले जोड दिने उल्लेख गरेका छन् ।

उनले आफूले कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने, हुलाकी सडक निर्माण गर्ने, रेलमार्ग निर्माण गर्ने र प्रदेश २ लाई औद्‍योगिक केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment