+
+
Shares

राष्ट्रिय स्वाधिनता बलियो बनाऊः उपराष्ट्रपति पुन

पाण्डव शर्मा पाण्डव शर्मा
२०७४ फागुन ३ गते १६:२०

३ माघ, दाङ । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउनुपर्ने बताएका छन् ।

दाङ महोत्सवको उद्घाटना समारोहमा बौल्दै पुनले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउँदै समृद्ध राष्ट्र निर्माण गर्न सबै पक्षको बलियो हातेमालोको खाँचो रहेको बताएका हुन् ।

‘म समृद्ध नेपालका लागि बलियो साझेदारी गर्न सरकार, नीजि क्षेत्र, सहकारी र अन्य सबै क्षेत्रलाई यो सभामार्फत अपील गर्दछु,’ पुनले भने, ‘अब सबैको ध्यान समृद्ध नेपाल निर्माण गर्न केन्दि्रत हुनुपर्दछ । प्रत्येक नेपाली नागरिकको आर्थिक तथा सामाजिक रुपान्तरणसहितको समृद्ध नेपाल निर्माण गर्न सबै अगाडि बढ्नुको विकल्प हामीसँग छैन ।’

मुलुकमा राजनीतिक रुपमा संक्रमणको अन्त्य हुँदै स्थिरताको सुरुवात भएको उल्लेख गर्दै पुनले नेपाली राजनीतिक संघर्षको उपलब्धीहरुलाई संस्थागत गर्न संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन भव्यतम रुपमा सम्पन्न भएको बताए ।

‘सामाजिक रुपमा विभिन्न कालखण्डका ऐतिहासिक उपलब्धीका रुपमा शासन सत्तामा सबै समुदायको पहुँच पुगेको छ र विभेदहरु कम हुँदै गएका छन्,’ उनले भने ।

हाम्रो अर्थतन्त्रमा विविध चुनौती र अप्ठ्यारा छन् । तर, हामी यहीं अप्ठ्याराहरुका बीच आर्थिक समृद्धिको मार्गमा अगाडि बढिसकेका छौं ।

उनले आजको दाङ बन्न धेरैको त्याग, तपस्या र वलिदान भएको बताए । ‘विकास र समृद्धिको प्रचुर सम्भावना बोकेको दाङ द्रुत्तर आर्थिक विकासको गतिमा अगाडि बढिरहेको मैले पाएको छु,’ पुनले भने, ‘झण्डै ८० प्रतिशत नागरिक कृषिमा निर्भर रहेको यो भूमि विस्तारै औद्योगिकता तर्फ लम्कन खोजिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?