Comments Add Comment

यस्तो छ ‘लम्फू’को फस्टलुक


वि.सं २०७५ साल वैशाख २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लम्फू’को पोष्टर रिलिज गरिएको छ । ३ वटा फरक–फरक प्रकृतिका पोष्टर सार्वजनिक गरिएको हो । पोष्टरमा नव–नायक कविर खड्का देखिएका छन् । साथमा, पोष्टरमा कुशुम श्रेष्ठदेखि चलचित्रका मुख्य कलाकार मरिष्का पोखरेल र चाँदनी शर्मा देखिएका छन् ।

यस्तै, चलचित्रका मुख्य कलाकार सलोन बस्नेत पनि पोष्टरमा देखिएका छन् । कविर र मरिष्का चलचित्रको पोष्टरमा रोमान्टिक देखिएका छन् । यो चलचित्रले एक यूवाको जीवनमा आइपर्ने अकल्पनिय घटनाहरुलाई प्रस्तुत गरेको छ । समय र परिस्थितीले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने कथामा चलचित्र बनेको छ ।

गोपालचन्द्र लामिछानेले यो चलचित्र निर्देशन गरेका हुन् । चलचित्रमा शक्ति बल्दभ घोरासैनीको लगानी छ । चलचित्रमा समावेश ४ वटा गीतको अडियो सार्वजनिक भैसकेको छ । सबै गीतलाई दर्शकले रुचाउनु भएको छ । चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment