Comments Add Comment

जहाँ लास गाड्नका लागि दुई मिटर जमिन पनि छैन

मरिसकेपछि संस्कार अनुसारको अन्त्येष्टि समेत नपाउने मानिसलाई साँच्चीकै अभागी भनिन्छ हामीकहाँ । लास गाड्ने संस्कार भएका समुदायमा जहाँ मरिसकेपछि लास गाड्नका लागि दुई मिटर जमिन पनि प्राप्त हुँदैन, त्यस्तो ठाउँका मानिसलाई सबैभन्दा अभागी नभनेर के भन्ने ?

अहिले बंगलादेशको राजधानी ढाकामा यस्तै भएको छ ।

घना जनघनत्व भएको ढाकामा रहेका धेरै चिहानहरु अस्थायी हुन् किनकी अहिले ढाकामा लासका लागि कुनैप्नि ठाउँ खाली छैन ।

एकजनाको लास गाडिएको ठाउँमा केही स्मयपछि नै अर्को लास गाडिन्छ । त्यसैले मानिसहरु आफ्ना आफन्तको अन्त्येष्टि स्थल दीर्घकालसम्म सुरक्षित राख्न पाउँदैनन् र स्मृतिमा पुष्पगुच्छा चढाउने ठाउँ बाँकी रहँदैन ।

नियम अनुसार ढाकामा कुनैप्नि मानिसको शव गाडेको चिहान अस्थायी हुन्छ र त्यहाँ दुई वर्षपछि पुनः अर्को शव गाडिन्छ ।

आफ्नो मृतक परिवारजनको चिहान खनेर अर्कैको लास गाडिँदा आफन्तको मन कुँडिन्छ, तर बिकल्प छैन ।

सन् २००८ देखि ढाकामा स्थायी कक्रिट चिहान बनाउन रोक लागेको थियो । यदि कसैले अर्ध स्थायी खालको चिहान बनाउन चाह्यो भने त्यसको मूल्य झण्डै २० लाख रुपैयाँ जति खर्चिनु पर्दछ ।

कुनैप्नि चिहानको छेउँमा एक बोर्ड हुन्छ र त्यहाँ उक्त चिहानमा अहिलेसम्म कुन कुन व्यक्तिको लास गाडिएको छ भन्ने लेखिएको हुन्छ ।

कतिपयले आफ्नो मृतकको शव गाडिएको चिहानमा अरुको शव नगाड्ने बनाउनका लागि चिहानका कर्मचारीहरुलाई घुस समेत खुवाउने गरेका हुन्छन् ।

३ सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ढाकामा १ करोड ६० लाख जनसंख्या रहेको छ । त्यसैले ठाउँको अभावमा एउटै चिहानमा एक पछि अर्को गर्दै लासहरु गाड्नु त्यहाँक्ो बाध्यता छ ।

राष्ट्रसंघका अनुसार ढाका विश्वको सबैभन्दा घना जनघनत्व भएको सहर हो । यहाँ एक वर्ग किलोमिटरमा ४४ हजार मानिस बस्दछन् ।

ढाकामा केवल ८ वटा चिहान स्थल रहेका छन् । त्यसमध्ये केही निजी समेत छन् । सोही कारणले ढाकाबासीहरु मृतकको लास गाड्ने चिहानका लागि तडि्पनुपर्दछ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment