४ फागुन, काठमाडौं । प्रदेश ६ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शपथ लिएपनि मन्त्रिमण्डल विस्ता हुन सकेको छैन ।
शुक्रबार नै मन्त्रिमण्डल विस्तार गर्ने योजना भएपनि एमाले-माओवादीले मन्त्रीको टुंगो लगाउन नसक्दा मन्त्रिमण्डल विस्ता हुन नसकेको हो ।
शपथसँगै मन्त्रिमण्डल पनि विस्तार गर्ने भन्दै मुख्यमन्त्री शाहीको प्रस्तावमा शपथको कार्यक्रम शुक्रबार राखिएको थियो । तर, शुक्रबार पनि सरकारमा नेतृत्व गर्ने दलले मन्त्रीको टुंगो लगाउन नसक्दा मन्त्रिमण्डल विस्तार हुन सकेन् ।
एमाले र माओवादीबाट एक/एक जना गरी शुक्रबार नै मन्त्रिमण्डल बिस्तार गर्ने तयारी गरिएको थियो ।
एमालेबाट प्रकाश ज्वाला र माओवादीबाट नरेश भण्डारी मन्त्री बन्ने करिब पक्का भएपनि बाँकीको टुंगो नलाग्न शुक्रबार मन्त्रिमण्डल विस्तार नभएको एक सांसदले जानकारी दिए ।
‘ अाज नै विस्तार गर्ने तयारी गरिएको थियो, ‘ सांसदले भने,’ तर, पार्टी भित्रै अान्तरिक रूपमा कसलार्इ क्याविनेटमा पठाउने भन्ने सहमति हुन नसक्दा हुन सकेन ।’
एमाले-माअोवादीले मन्त्रीको टुंगो लगाए अाइतबार मन्त्रिमण्डल विस्तार हुने जनाइएको छ ।
प्रतिक्रिया 4