
४ फागुन, काठमाडौं । प्रहरीले नगद लुटपाटमा संलग्न तेस्रोलिङ्गी समूहको एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा लाजिम्पाट बस्ने चितवन भरतपुर–२ की २० वर्षीया नितसा परियार छन् ।
काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित संचयकोष चोक नजिक गल्लीबाट नगद लुटेर भाग्दै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । अन्य ४ जना भने भाग्न सफल भएका छन् । उनीहरुको खोजी कार्य प्रहरीले जारी राखेको छ ।
उनीहरुले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का ३४ वर्षीय सोमराज घलानको साथबाट १ लाख २५ हजार लुटेर भागेका थिए ।
लुटिएको मध्ये ३२ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4