Comments Add Comment

लगनमा लागेको आगो नियन्त्रणमा आयो (हेर्नुस् ८ तस्वीर)


५ फागुन, काठमाडौं । १ जनाको ज्यान जानेगरी काठमाडौंको लगनमा लागेको आगो ३ घन्टापछि नियन्त्रणमा आएको छ ।

शनिबार बिहान साढे ३ बजेतिर स्थानीय अमृतनारायण महर्जन र अमृतलाल रञ्जितको घरमा आगलागी भएको हो ।

जनसेवा प्रहरीका डीएसपी टेकुनन्द इवा लिम्बुले नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीले काठमाडौं, ललितपुर र भक्तपुरबाट आएका दमकलको सहयोगमा आगो निययन्त्रणमा  लिइएकाे जानकारी दिए । डीएसपी लिम्बुका अनुसार,  घरभित्र फसेका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको भने आगोमा जलेर मृत्यु भएको छ ।

जनसेवा प्रहरीका डीएसपी टेकुनन्द इवा लिम्बुले भने, ‘घरभित्र पस्नै अप्ठ्यारो थियो, मुस्किलले शव फेला पारेका छौं ।’

आगलागीमा परी  भने दुईवटा घर जलेर नष्ट भएको छ ।

बाक्लो बस्ती र साँघुरा गल्लीका कारण आगो नियन्त्रणमा समस्या भएको थियो ।

आगलागीबाट १ जना घाइते भएका छन् दुर्इ घर जलेर पूर्णरुपमा नस्ट भएको प्रहरीले जनाएको छ ।

पाँचतले घरका काठका भर्याङ जलेकाले नियन्त्रणमा लिन कठिनाइ परेकाे थियाे । अनलाइनखबरकर्मी घटनास्थल पुग्दा प्रहरी लामो भर्याङ हालेर झ्याल बाहिरबाट पानीको फोहोरा फालिरहेका देखिन्थे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment