६ फागुन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, म्याग्दी मातहतमा रहेको प्रहरी चौकी पाखापानीका प्रहरी हवल्दार कुलबहादुर विसी घुस लिँदालिँदै पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
प्रहरी जवान पदमा भर्ना गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा उनलाई म्याग्दी बसपार्कमा घुस लिँदालिँदै पक्राउ गरिएको अायोगका प्रवक्ता पदमप्रसाद पाण्डेले बताए ।
उनका अनुसर थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4