+
+
Shares

पदभार सम्हालेलगत्तै अञ्चल अस्पताल पुगे मुख्यमन्त्री भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ६ गते १६:३९

६ फागुन, कैलाली । प्रदेश ७ का नवनियुक्त मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार पदभार सम्हालेलगत्तै सेती अञ्चल अस्पतालको अनुगमन गरेका छन् ।

भट्टले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरे । त्यसपछि कर्मचारीलाई निर्देशन दिँदै भट्टले विकासमा पछाडि परेको प्रदेश ७ लाई नमुना प्रदेश बनाउन इमान्दारिताका साथ लाग्न आग्रह गरे ।

त्यसपछि उनी धनगढीस्थित सेती अञ्चल अस्पतालको आकस्मिक अनुगमनमा पुगे । अञ्चल अस्पतालको सेवा प्रभावकारी नभएको गुनासो आइरहेका बेला मुख्यमन्त्री भट्ट आकस्मिक अनुगमन गरेका हुन् ।

उनले बिरामीलाई अस्पतालले दिने सेवाको प्रभावकारिता, निःशुल्क औषधी पाए नपाएको विषयमा चासो राखेका थिए ।

अस्पतालका चिकित्सकहरु निजी क्लिनिकहरुमा काम गर्ने र निःशुल्क औषधिसमेत बिरामीले नपाउने गुनासो सुनेकाले अनुगमन गरेको मुख्यमन्त्री भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?