Comments Add Comment

कुवेतमा नेपालीहरूका लागि रोजगारीका अवसर खोज्दै नेपाली दूतावास

१८ फेब्रुअरी,  कुवेत । fकुवेतमा नेपाली दूतावासले नेपालीहरूका लागि रोजगारको खोजी गरिरहेको छ । दूतावासले यहाँका रोजगारदाताहरूलार्इ नेपालीहरूका लागि कार्यदक्षता अनुसार रोजगारीको अवसर बृद्धि गरिदिन अग्रह गरेको हो ।

‘नेपाली श्रमिकहरूका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरूका समस्या समाधान’ बिषयमा नेपाली दूतावास र कुवेतका रोजगारदाता कम्पनीहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा यस्तो अाग्रह गरिएको हो ।

कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाल र कुवेतवीचको मैत्रीपूर्ण सम्बन्ध तथा नेपाली नागरिकहरूको दक्षता एवं कर्मशीलताको बारेमा उल्लेख गर्दै नेपालका दक्ष एवं अर्धदक्ष लगायतका जनशक्तिका लागि रोजगारीका अवसरहरू बृद्धि गरिदिन रोजगारदाता कम्पनीहरूलार्इ आग्रह गरे ।

उनले नेपाली श्रमिकहरूका लागि कुनै पनि प्रकारका समस्या सृजना हुन नदिन निरोधात्मक उपायमा जोड दिन समेत अाग्रह गरेका छन् ।

साथै त्यसरी प्रयास गर्दा पनि कुनै समस्या उत्पन्न भएमा प्रभावकारी उपचारात्मक कार्यद्वारा समस्या समाधान गरी उनीहरूको रोजगारीलार्इ समस्यारहित एवं उपलव्धिमूलक बनाउनका लागि आवश्यक सहयोग प्रदान गर्न रोजगारदाताहरूलार्इ आग्रह गरे ।

कार्यक्रममा राजदूतावासका द्धितीय सचिव ज्ञानबहादुर मगरले ‘नेपाली श्रमिकका समस्याहरू एवं तिनको समाधान’ बिषयमा र श्रम सहचारी ज्ञानेन्द्र शर्माले ‘नेपाली श्रमिकहरूका लागि थप रोजगारीको सम्भाव्यता’ बिषयमा विस्तृत रूपमा जानकारी दिएका थिए ।

प्रथम सचिव भोगेन्द्र लिङ्देनले सहजिकरण गरेको कार्यक्रममा कुवेतका रोजगारदाता कम्पनीका प्रतिनिधिहरुले दक्ष एवं अर्धदक्ष लगायतका नेपाली श्रमिकहरुका लागि रोजगारीको अवसर बृद्धि गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

साथै उनीहरूले नेपाली नागरिकहरुका लागि कुवेतमा रोजगारी प्रवर्दन गर्ने सिलसिलामा दूतावासबाट भएका पहलहरुको प्रसंशा समेत गरेका थिए ।

कार्यक्रममा कुवेतका प्रमुख रोजगारदाता कम्पनीका उच्च तहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment