Comments Add Comment

जगदम्बा सिमेन्टको रक्तदान कार्यक्रम

७ फागुन, काठमाडौं । जगदम्बा सिमेन्टले ‘जगदम्बा योगदान’ ’भन्ने कार्यक्रम अन्तर्गत स्वावलम्बी परिवार समाजको अग्रसरतामा यहि फागुन ४ गते आˆनो मुख्य कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको समुद्घाटन जगदम्बा सिमेन्ट परिवारका निर्देशक दुर्गाप्रसाद न्यौपानेले र स्वाबलम्बी परिवार समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले संयुक्त रुपमा गरे । उक्त कार्यक्रममा ६० जनाभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो भने ४२ व्यक्तिहरुले रक्तदान गरेका थिए ।

ँतपाईंको रगत अरु कसैको लागी जीवनूभन्ने नारा बोकेको उक्त कार्यक्रमहरु जस्ता अन्य कार्यक्रमहरु भावी दिनहरुमा पनि गर्दै जाने र रगतको अभावलाई न्युनिकरण गरी स्वास्थ्य समाज निर्माण गर्नेमा कम्पनी प्रतिबद्घ रहेको जगदम्बा सिमेन्टका बरिष्ठ ब्राण्ड अधिकृत सरण अवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment