Comments Add Comment

देउवा सरकारका निर्णय उल्टाए ओलीकै बैधानिकतामा प्रश्न उठ्छः शर्मा

७,फागुन, काभ्रे । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका निर्णय उल्टाएर लोकतान्त्रिक पद्धति र लोकतान्त्रको बैधतामाथि प्रश्न उठाउन खोजेको बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा नपाली कांग्रेस काभ्रेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका प्रवक्ता शर्माले लोकतन्त्र र कानून बमोजिम भएका निर्णयहरु उल्टाउने माथि नै बैधानिकताको प्रश्न उठ्ने बताए ।

बैधानिक रुपमा भएको निर्णयहरुलाई उल्टाएर अनावश्यक चलखेल गर्नुले प्रधानमन्त्री केपी शर्मा ओलीकै बैधानिकता माथि प्रश्न उठ्ने उनको तर्क छ । ‘केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक पद्धदी र लोकतान्त्रिक वैधानिकतामा प्रश्न उठ्ने गरी अघिल्लो सरकारले गरेका निर्णय उल्टाएर अनावश्यक चलखेल गरे ओलीकै पदमाथि वैधानिकताको प्रश्न आउनेछ,’ उनले भने, ‘लोकतान्त्रिक र कानून अनुसार भएका निर्णयमा कुनै चलखेल गर्नु उहाँको वैद्यानिकतामाथि पनि प्रश्न हो ।’

अर्काे फरक सन्दर्भमा प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारसँग सहकार्य गरेर जिम्मेवार प्रतिपक्ष बन्न नेपाली कांग्रेस तयार भएको बताएका छन् ।

प्रवक्ता शर्माले सञ्चारकर्मीहरुसँग कुरा गर्दै जिम्मेवार प्रतिपक्ष भएर पाँच वर्ष प्रतिपक्षमा बस्ने बताएका हुन् ।

प्रवक्ता शर्माले कांग्रेसको संसदीय दलको नेता सांसदहरुको सपथपछि लोकतान्त्रिक पद्धती अनुसार नै चुनिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment