+
+
Shares

कांग्रेसमा पुनर्जागरण अभियान, पाँच वर्षमा पहिलो पार्टी बनाउने संकल्प

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ७ गते १८:०७

७ फागुन, काठमाडौं । पाँच वर्षपछि नेपाली कांग्रेसलाई बहुमतसहितको पहिलो पार्टी बनाउने भन्दै कांग्रेसका केही नेताहरुले पुनर्जागरण अभियान सुरु गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसर पारेर सुरु गरेको जागरण अभियानको सोमबार काठमाडौंमा घोषणा गरियो ।

नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, कल्याण गुरुङ लगायतले घोषणा गरेको अभियानले तलदेखि माथिसम्मको कांग्रेसलाई जागृत गराउने दाबी गरिएको छ ।

अभियान अन्तर्गत पहिलो चरणमा सबै प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी सिद्धान्त र कांग्रेसले लिनुपर्ने नीतिको विषयमा छलफल गरी दस्तावेज तयार पार्ने र उक्त दस्तावेजलाई पार्टीको महासमिति बैठक र महाधिवेशनमा प्रस्तुत गर्ने उनीहरुले जनाएका छन् ।

नेताहरुले कांग्रेसलाई २००७ सालको जस्तो क्रान्तिकारी २०१५ सालको जस्तो प्रगतिशील र समृद्ध नेपालको नेतृत्व गर्न सक्ने साहस र समर्पणसहितको बनाउने प्रतिवद्धता जनाएका छन् ।

‘तात्कालिक रुपमा यो पुनर्जागरण अभयिानले महासमिति बैठक र महाधिवेशनलाई अर्थपूर्ण बनाउनेछ, देशैभरि सशक्त र जिम्मेवार प्रतिपक्षको रुपमा काम गर्न सक्ने कांग्रेस बनाउनेछ, संविधानको मर्म अनुरुप देश सञ्चालनमा अग्रसरता लिन सक्ने अनि सरकारले संविधान कार्यान्वयनमा बाटो बिराउन खोज्दा खबरदारी गर्न सक्ने कांग्रेस बनाउनेछ’ पुनर्जागरण अभियानको अवधारणापत्रमा भनिएको छ ।

पार्टीको आदर्श र सिद्धान्तको पुनब्याख्या गर्न, संघीय तथा समावेशी संरचना अनुसार कांग्रेसलाई पूर्ण लोकतान्त्रिक समावेशी र गतिशील बनाउन पुनर्जागरण अभियानले खाका बनाउने अवधारणापत्रमा उल्लेख गरिएको छ ।

उनीहरुले यो कुनै गुट र व्यक्तिविरुद्ध नभएको पनि बताएका छन् । ‘यो कुनै गुट होइन, कुनै व्यक्तिको विरुद्ध लक्षित पनि होइन। पार्टी सुदृढिकरणको साझा संकल्प बोकेका पार्टीकमा सबै सदस्यहरुको अभियान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?