+
+
Shares

मुख्यमन्त्री सरकारी निवासमा प्रवेश गर्दा बोकाको बलि !

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ८ गते १२:५२

८ फागुन, काठमाडौं । प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही मासु खाँँदैनन् । बिरामी भएपछि डाक्टरको सल्लाहअनुसार मासु खान छोडेको केही समय भइसकेको छ ।

तर, उनी मुख्यमन्त्री भइसकेपछि सरकारी निवास प्रवेश गर्दा आइतबार विहान फरक दृश्य देखियो ।

सरकारी निवास पुग्ने बित्तिकै कालो बोका बलि दिएर मुख्यमन्त्री शाहीलाई स्वागत गरियो ।

उपस्थित माओवादी नेताहरु समेत अचम्मित भए । आध्यात्मवादमा विश्वास नगर्ने माओवादी नेताहरुलाई बोका बलि जिज्ञासाको विषय बन्यो । तर, मुख्यमन्त्री शाही भने यो विषयमा जानकार थिए ।

सुरक्षार्थ खटिएका सैनिकहरुले परम्परा अनुसार नेपाली झण्डोत्तलनसँगै कालो बोकाको बलि दिएका थिए । नेपाली झण्डोत्तलन गर्ने बेला बलि दिने गरिन्छ ।

मुख्यमन्त्री शाहीले आफ्नो निर्देशनमा नभइ संस्कार अनुसार सुरक्षार्थ खटिएका सैनिकहरुले बलि दिएको स्पष्ट समेत पारेका छन् ।

‘सरकारी क्वार्टर प्रवेश गर्दा झण्डोत्तलनसँगै बलि दिने चलिआएको संस्कार हो, सोहीअनुसार उनीहरुले बोका बलि दिएका हुन्,’ मुख्यमन्त्री शाहीले अनलाइनखबरसँग भने, ‘बलि दिने कुरा मलाई पनि थाहा थियो तर, उनीहरुको संस्कार मैले अस्वीकार गरिनँ ।’

नियुक्त भएको दुई दिनपछि मुख्यमन्त्री शाही सरकारी निवासमा सरेका हुन् । त्यस अघि उनी स्थानीय होटेलमा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?