Comments Add Comment

मुख्य न्यायाधीवक्ता झाको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

दीपेन्द्र झा

८ फागुन, जनकपुर । प्रदेश २ को मुख्य न्यायाधीवक्तामा अधिवक्ता दीपेन्द्र झाको नियुक्तिप्रति प्रश्न उठाउँदै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता मधुर पाठक र डिल्लीप्रसाद न्यौैपानेले मुख्यमन्त्रीको कार्यालय, मुख्यमन्त्रीको सचिवालय र प्रदेश प्रमुखको कार्यालय र झालाई विपक्षी बनाई रिट निवेदन दर्ता गरेका हुन् ।

मुख्य न्यायधीवक्ताका लागि संविधानमा उल्लेखित प्रावधान अनुसारको योग्यता नपुग्ने हुनाले झाको नियुक्ति बदर गर्न रिट निवेदकहरुले माग गरेका छन् । रिटमाथि बुधबार सुनुवाइ हुने भएको छ ।

प्रदेश २ को प्रथम मुख्य न्यायाधीवक्तामा मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले अधिवक्ता झालाई शनिबार नियुक्त गरेका थिए ।

संविधानको धारा १६० को उपधारा ३ मा मुख्य न्यायाधीवक्ताका लागि उच्च अदालतका न्यायाधीश सरहका ब्यक्तिलाई नियुक्त गर्नुपर्ने प्रावधान छ ।

उच्च अदालतको न्यायाधीश बन्न १० वर्ष निरन्तर अधिवक्ताको रुपमा काम गरेको हुनुपर्ने उल्लेख छ । झाले २०६८ साउन १ गते अधिवक्ताको प्रमाणपत्र लिएको भन्दै उनको नियुक्ति विवादमा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment