+
+
Shares

१४ वर्षपछि ‘ऐतराज’ को सिक्वेल बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ९ गते १०:२७

बलिउडका ‘खेलाडी’ अर्थात् अक्षयकुमार तथा अभिनेत्रीद्वय प्रियंका चोपडा र करिना कपुरले अभिनय गरेको फिल्म ‘ऐतराज’ आजभन्दा १४ वर्षअगाडि रिलिज भएको थियो । व्यापारिक रुपमा सफलता हासिल गरेको उक्त फिल्मले विशेषगरी पि्रयंकालाई धेरै माथि उठायो ।

अहिले आएर ऐतराजको सिक्वेल बन्ने चर्चा सुरु भएको छ । यसका लागि प्रियंकाकहाँ अफर पुगेको र उनले स्क्रिप्ट मन पराएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यद्यपि फिल्ममा हिरो कसलाई लिने भन्ने तय छैन । यदि अक्षयकुमारलाई नै निर्माताले यो फिल्ममा लिन चाहे भने त्यो त्यति सजिलो छैन ।

किनकी अक्षय र पि्रयंकाले सँगै काम नगरेको एक यूग भइसकेको छ । विवाहित अक्षयसँग पि्रयंकाको अफेयरको हल्ला चलेपछि उनीहरुले सँगै फिल्म खेल्न छोडेका थिए । त्यसैले यो फिल्ममा अक्षयले काम गर्न मन्जुर गर्ने सम्भावना झिनो छ ।

त्यसो त फिल्मको कथावस्तु पनि पहिलेको भन्दा धेरै फरक हुने र नाम पनि नयाँ हुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?