Comments Add Comment

किन हुन्छ सम्बन्ध बिच्छेद ?

सम्बन्ध विच्छेदको साइड इफेक्ट

केही समययता हामीकहाँ सम्बन्ध विच्छेदका क्रम बढेका छन् । राम्रै घरबार गरिरहेका सेलिब्रेटी दम्पतीहरु आपसमा छुटिए । बालबच्चा हुर्काइसकेका कति दम्पतीले समेत आपसमा अलग हुने निर्णय लिए ।

सम्बन्ध विच्छेद आफैमा समधान होइन । समस्या पनि होइन । तर, यसले समस्या भने निम्त्याउँछ । जब पति-पत्नी अलग हुन्छन्, त्यसको असर उनीहरुले मात्र झेल्नुपर्दैन । यसको सबैभन्दा ठूलो असर त छोराछोरीको मनोविज्ञानमाथि पर्छ । सानैमा आमावुवाको सामिप्यता वा अभिभावकत्व गुमाएपछि बच्चाहरु बिचलित हुने संभावना रहन्छ । उनीहरु अस्थिर र भयग्रस्त हुनसक्छन् । उनीहरुमा हिनताबोध पैदा हुनसक्छ ।

किन हुन्छ त सम्बन्ध बिच्छेद ?

सम्बन्ध विच्छेद हुनु अनौठो भएन । जब पति-पत्नी एकसाथ अगाडि बढ्नै नसक्ने अवस्था आउँछ, उनीहरुले अलग हुने निर्णय गर्छन् । यस्ता निर्णयले उनीहरुको क्षणिक समस्याको गाँठो फुकाइदिन्छ ।

खासमा दम्पती भनेको एकअर्काको आड भरोसा हुन् । एकअर्काको दुखसुखका साझेदार हुन् । एकअर्काका प्रेम र विश्वासका आधारस्तम्भ हुन् । दम्पतीबीचको यहि प्रेम, विश्वास, भरोसा, आत्मियता, समझदारी आदिले सम्बन्ध टिकाउ हुन्छ । मिठासपूर्ण हुन्छ ।

पति र पत्नीबीच सम्बन्ध सुमधुर र दिगो भयो भने नै उनीहरुको गृहस्थी जीवन सुखमय बित्ने हो । त्यती मात्र होइन्, उनीहरुका छोराछोरी, शाखा-सन्तान, इष्टमित्र, समाजको आपसी सम्बन्ध बलियो बन्ने हो । हाम्रो शास्त्रहरुमा लेखिएको छ, पति र पत्नी समझदार हुनु । विश्वासको वातावरण कायम रहनु । सन्तान सुख मिल्नु आफैमा ठूलो उपलब्धि हो ।

जब सम्बन्धमा चिसोपन आउँछ

तर, कहिले काहिँ दम्पतीबीचको सम्बन्ध त्यती सुमधुर हुँदैन, जति हुनुपथ्र्यो । पती वा पत्नीबीच कतिपय कुरामा तालमेल मिल्दैन । मत मिल्दैन । एकसाथ बस्दा पारिवारिक लय मिल्दैन, आपसमा मनमुटाव हुन्छ, अविश्वास बढ्छ, झैझगडा हुन्छ यसले दाम्पत्य जीवनलाई धराप पारिदिन्छ ।

यस्ता विभिन्न किसिमको समस्याले घेरा हालेपछि सम्बन्ध विच्छेदको अवस्थासम्म ल्याइपुर्‍याउँछ । यस्तो अवस्थामा आइपुगेपछि ‘सँगै जिउने, सँगै मर्ने’ बाचा गरेर जोडिएका दम्पतीहरु अलग हुन्छन् । उनीहरुको प्रेम टुट्छ । भौतिक दुरी बढ्छ । यसले के गर्छ भने, दुबैको गृहस्थी जीवनमा नराम्ररी ठेस लाग्छ ।

सम्बन्ध विच्छेदको साइड इफेक्ट

किनभने सम्बन्ध विच्छेद गरिसकेपछि पुन जीवनलाई व्यवस्थित गराउन समय लाग्छ । समाजमा स्थापित हुन गाह्रो हुन्छ । अर्कोतिर त्यसको सबैभन्दा ठूलो झट्का छोराछोरीले व्यहोर्नुपर्छ । अबोध छोराछोरीले बिना कसुर सजाय झेल्नुपर्छ ।

आमा बुवा नै अलग भएपछि उनीहरुले अभिभावकत्व गुमाउँछन् । आमा बुवाको माया पाउँदैनन् । साथीभाईको अगाडि मुख लुकाउनुपर्ने वाध्यता हुन्छ । सम्बन्ध विच्छेदको साइट इफेक्ट धेरै छ ।

जब सम्बन्ध बिच्छेद हुन्छ, त्यसको नकारात्मक प्रभाव रहन्छ ।

१. पती-पत्नीको जीवनको लय बिग्रन्छ । एकअर्कालको साथ र सहयोग छुट्छ ।

२. मानसिक आघात पुग्छ । सम्बन्ध बिच्छेद भइसके लगत्तै समाजमा आफुलाई पुर्नस्थापित गराउन गाह्रो हुन्छ । तनावग्रस्त अवस्थामा दिनहरु गुजार्नुपर्छ ।

३. पुन अर्को दाम्पत्य जीवन सुरु गर्नका लागि धेरै झन्झट र अप्ठ्याराहरु आइलाग्छन् ।

४. आर्थिक रुपले विभाजित हुनुपर्दा निकै समस्या झेल्नुपर्छ । अभाव र गरिबीको सामना गर्नुपर्ने हुनसक्छ ।

५. आफ्ना छोराछोरी, आफ्ना परिवार, आफन्त, नातेदार आदिले सास्ती व्यहोर्नुपर्छ । अझ छोराछोरीको हकमा त उनीहरु चरम मानसिक पीडाबाट गुज्रनुपर्छ ।

६. छोराछोरीले अभिभावकत्व गुमाउँछन् । अभिभावकको संरक्षण, माया, स्नेह गुमाउँछन् ।

७. छोराछोरी भयग्रस्त, चिन्ताग्रस्त हुन्छन् ।

८. छोराछोरीमा हिनताबोध पैदा हुन्छ, जसको कारण उनीहरुमा आपराधिक मनोवृत्ति समेत मौलाउने भय हुन्छ ।

९. सम्बन्ध बिच्छेद गरिसकेपछि फेरी नयाँ दाम्पत्य जीवन सुरु गर्न वा अलग्गै स्थापित हुन समय लाग्छ ।

१०. साथीभाई, आफन्त आदिको अगाडि शीर निहुरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment