९ फागुन, काठमाडौं । बुधबारका लागि बोलाइएको प्रदेश ६ को संसद बैठक स्थगित भएको छ । तयारी पूरा नभएका कारण सूचना टाँस गरी १२ गतेका लागि बैठक स्थगित गरिएको हो ।
बुधबारको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरु नियुक्तिबारे संसदमा जानकारी गराउने लगायतका कार्यसूची थियो ।
साथै प्रदेशको नाम र राजधानीबारे पनि छलफल गर्ने कार्यसूची राखिएको थियो । तर, संसद सचालन कार्यविधि नै नबनेकाले बैठक सञ्चालनमा अलमल हुने देखिएपछि सूचना टाँसेर स्थगित गरिएको स्रोतदले बताएको छ ।
सरकारले स्थायी मुकाम सुर्खेत तोकेको छ । अब प्रदेशसभाले स्थायी राजधानी तोक्नुका साथै नाम राख्नु पर्नेछ ।
सुर्खेत बाहेक जुम्लाले पनि राजधानी मागेको छ भने नाम भेरी-कर्णाली वा कर्णाली हुनु पर्ने सांसदहरुको आवाज छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4